आज मितिः २०८३ बैशाख ८ गते

जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८

एजेन्सी-

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। इशिकावा प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ।

इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै मानिस घाइते भएका छन। आपतकालिन विभागका अधिकारीहरूले वाजिमा शहरमा घरहरू सहित २५ भवनहरू ध्वस्त भएको बताएका छन्।

१४ वटा संरचनामा मानिसहरु फसेको हुनसक्ने अनुमान गरिएको छ। उनीहरुको उद्धारका लागि आपतकालिन विभागले प्रयास गरिरहेको छ।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.