आईपीएल क्रिकेटमा हैदरावादले मुम्बईलाई हरायो
चैत १५, बिहिबार काठमाण्डौ – इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो । हैदरावादले दिएको २ सय ७८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४६ रन बनायो । मुम्बईका तिलक वर्माले सर्वाधिक ६४ रन बनाए । डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० र रोहित शर्माले २६ रन बनाए । हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले समान २र२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७…