चैत ९, शुक्रबार,
काठमाण्डौ –
फिफा विश्वकप छनोटअन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग ५–० ले पराजित भएको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा बहराइन ५–० गोलले विजयी भएको हो ।
बहराइनले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप २ गोल गर्यो । बहराइनका लागि महदी अल हुमाइदान, सायद बाकेर, अली मदान, इब्राहिम अल खताल र इस्माइल अब्दुललातिफले १र१ गोल गरे ।
योसँगै समूह ुएचु मा ३ खेल खेलेको नेपाल अङ्कविहीन छ । बहराइन ३ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । समूहमा नेपाल र बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स ९यूएई० छन् । यूएई ३ खेलमा ३ जितसहित शीर्ष स्थानमा छ । तीन खेलमा १ जितसहित यमन तेस्रो छ । नेपालले अब बहराइनसँग दोस्रो लेगमा आउँदो मङ्गलवार चैत १३ गते खेल्नेछ ।