आज मितिः २०८३ बैशाख ९ गते

प्रधानमन्त्री प्रचण्डले भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन

चितवन-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भरतपुर महानगरपालिका ११ बाइपास रोडमा भरतपुर अस्पतालको जग्गामा बनेको आँखा अस्पतालको प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

१३ करोड ५० लाख रुपैयाँ लागतमा अस्पाल भवन निर्माण गरिएको हो । कुल २५ हजार ५०० वर्ग फिट क्षेत्रफलमा बनेको भवनको फाउण्डेसन र फ्रेम स्ट्रक्चरर निर्माण शिवालय विल्डर्स काठमाण्डौंले ४ करोड ८३ लाख बयानब्बे हजारमा गरेको थियो भने, बाँकी काम अस्पताल आफैंले गरेको हो ।

नया भवनको भुईं तलामा बाल रोग बहिरंग विभाग, बालबालिकाहरुको लागि टिकट काउण्टर, ६ वटा ओपिडी कक्ष, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बाल मैत्री खेल कक्ष, स्टाफ कन्फ्रेन्स हल र स्तनपान कक्ष रहेको छ । पहिलो तलामा नर्सिङ कक्ष, ६० वटा वेडहरु, क्याविन कक्ष ६ वटा रहेको छन् । दोस्रो तलामा चारवटा अत्याधुनिक शल्यक्रिया कक्ष ९३ मोडुलर, १ सेप्टिक ओटी र ४ वटा पोष्ट अप्रेसन कक्ष रहेको छ । कर्मचारी र सेवाग्राहीलाई सहजताको लागि इलेक्ट्रिक लिफ्ट सुविधा राखिएको छ ।

उपकरणसहित भवनको सबै काम गरेर २० करोड १५ लाख २२ हजार ६२१ रुपैयाँ ४३ पैसा लागत लाग्ने अनुमान रहेको नेपाल नेत्रज्योती संघ चितवनका सचिव केशव अधिकारीले जानकारी दिए । भवन निर्माणको लागि विभिन्न दातृ निकाय, संघसंस्था तथा उदारमना सहयोगी मनहरुबाट ८ करोड ५० लाख ७३ हजार ५ सय ५७ रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

भरतपुर आँखा अस्पताले प्रदान गर्दै आएको आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा विस्तार तथा सीटीईभीटीसँगको सहकार्यमा आँखासम्बन्धी प्रविणता तहको अप्थाल्मिक साइन्स विषयको पढाइ तथा नेत्र विशेषज्ञ चिकित्सकहरुको फेलोशिप कार्यक्रम, बि अप्टम बिषयका पढाईका लागि भवन अभाव भएको थियो । नयाँ भवन बनेपछि सेवा प्रवाहमा सहजता हुने अस्पतालले जनाएको छ ।

 

 

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.