आज मितिः २०८३ बैशाख ९ गते

आजदेखि भारतमा आईपीएल शुरू

९ चैत्र, शुक्रबार

काठमाडौं,

इण्डियन प्रिमियर लिग ९आईपीएल०को १७औं संकरण आजदेखि शुरु हुदै छ। उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्।

 

चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुनेछ।​ चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो। अहिलेसम्म चेन्नईले ५ आईपीएल उपाधि जितेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले भने अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन।

 

यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेका छन्। चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान बनाएको छ।​ चेन्नईले यस सिजनमा न्यूजील्याण्डका रचिन रविन्द्रलाई भित्र्याएको छ। उनको यो आईपीएल डेब्यू हो।

त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलोरले यस सिजनमा अस्ट्रेलियाका ब्याटिंग अलराउण्डर क्यामरुन ग्रीनलाई भित्र्याएको छ।

आईपीएल–२०२४ को २१ खेलको तालिका गत महिना सार्वजनिक गरिएको थियो। आमनिर्वाचनका कारण यस सिजनको पूर्ण कार्यतालिका अझै सार्वजनिक भएको छैन। पहिलो चरणमा चैत २२ देखि वैशाख ७ सम्मको कार्यतालिका घोषणा गरिएको छ।

उद्घाटन समारोहमा गायक एआर रहमान, सोनु निगम र बलिउड अभिनेता अक्षय कुमार, टाइगर श्राफले प्रस्तुति दिने भएका छन्। उद्घाटन साँझ ६ः३० बजे चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल अघि चेन्नईमा हुनेछ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.