आज मितिः २०८३ आश्विन २ गते

स्वास्थ्य – खेलकुद

नेपाल यूएईसँग ४-० गोलले पराजित

नेपाल यूएईसँग ४-० गोलले पराजित

काठमाण्डौं- विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार यूएईसँग ४-० गोलले पराजित भएको छ। दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा भएको खेलमा यूएईले सुरुमै २ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा दबाब बनाएको थियो। नेपालले पहिलो हाफमा खेलमा फर्कने अवसर पाएपनि सदुपयोग हुन सकेन। ३५ औँ मिनेटमा सनिष श्रेष्ठले गरेको क्रसमा पहिलो बार नजिकै रहेका जिलेप्सीजङ कार्कीले बललाई गोलपोस्टको फ्रेममा प्रहार गर्न सकेनन्। नेपालले गरेको प्रहार दुईपटक बारमा लागेर फर्कियो। संजिव विष्टले गरेको हेड प्रहार पहिलो बारमा लागेर फर्कँदा विशाल बस्नेतले प्रहार गर्दा डिफ्लेक्ट हुँदै क्रस बारमा लागेर बाहिरिएको थियो। यूएईका हरिब सुहैलले १२ र १४…
Read More
भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो

भारतले आयरल्याण्डलाई ८ विकेटले हरायो

काठमाडौं- आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले आयरल्याण्डलाई ८ विकेटले हराएको छ ।   हिजो अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराएको हो।​ आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। भारतका लागि कप्तान रोहित शर्माले ५२ र ऋषभले ३६ रन बनाए। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्डले १६ ओभरमा अलआउट हुँदै ९६ रन मात्र बनाएको थियो। उसका लागि ग्यारेथ डेलानीले २६, जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन बनाए। आयरल्याण्डलाई सस्तैमा समेट्न भारतका हार्दिक पाण्डेयले ३, अर्शदीप सिंह र जसप्रित बुमराहले समान २/२ तथा…
Read More
विश्वकपमा नेपाल नेदरल्याण्डसँग पराजित

विश्वकपमा नेपाल नेदरल्याण्डसँग पराजित

काठमाडौं- आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपालले नेदरल्याण्डससँग ६ विकेटको हार बेहोरेको हो। नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्डसले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनिङ ब्याटर म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे। उनले नटआउट ५४ रन प्रहार गर्ने क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर माइकल लेभिटलाई सोमपाल कामीले दोस्रो ओभरमा १ रनमै आउट गरेका थिए। त्यसपछि दीपेन्द्रसिंह ऐरीले विक्रमजित सिंहलाई नवौं ओभरमा २२ रनमा एलबिडब्लूको धरापमा पारेका थिए। खेलमा नेपालका कप्तान रोहित पौडेलले १८औं ओभरमा ओडाउडको क्याच मिस गरेका…
Read More
चितवनमा सफारी जिप दुर्घटना – ६ पर्यटक घाइते

चितवनमा सफारी जिप दुर्घटना – ६ पर्यटक घाइते

चितवन- पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन्। खैरहनी नगरपालिका–१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ४ च ८८५५ नम्बरको सफारी जिप अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा घाइते सबै भारत मुम्बई बेण्डाली थानाका हुन्। घाइते हुनेमा ५२ वर्षे सुस्मिता सुदेश खाडिया, ७४ वर्षे रेखारामचन्द्र जादव, ६० वर्षे सुदेशशङ्कर खाडिया, ६४ वर्षे बिजय मोरे, ५८ वर्षे बैशाली गुप्तेश्वर, ६२ वर्षे पङ्कज गुप्तेश्वर छन्। घाइतेहरुको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक चितवन रत्ननगर नगरपालिका–४ का ४५ वर्षे…
Read More
३५ गोल गर्दै रोनाल्डोले बनाए नयाँ किर्तिमान

३५ गोल गर्दै रोनाल्डोले बनाए नयाँ किर्तिमान

काठमाडौँ - क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ किर्तिमान बनाएका छन् । गएराती सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४/२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए । दुई गोलसहित यस सिजनको लिगमा ३५ गोल गर्दै रोनाल्डोले नयाँ किर्तिमान बनाएका हुन् । रोनाल्डोले यस सिजनको लिगमा ३१ खेलमा ३५ गोल गरेका छन् । रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । ययसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८(१९ सिजनमा सर्बाधिक ३४ गोल गरेका थिए । रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन् । अल नासरले…
Read More
८ विकेटले पराजित गर्दै आइपिएलको उपाधि कोलकाता नाइट राइडर्सले जित्यो

८ विकेटले पराजित गर्दै आइपिएलको उपाधि कोलकाता नाइट राइडर्सले जित्यो

काठमाडौं- कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ। आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो। फाइनल खेलमा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०।३ ओभरमै पूरा गर्‍यो। उपाधि दिलाउने क्रममा कोलकाताका वेंकटेश ऐयरले अर्धशतक प्रहार गरे। उनी २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएर नट आउट रहे। ओपनर रहमानउल्लाह गुर्बाजले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३९ रनको योगदान गरे। हैदरावादका कप्तान प्याट कमिन्स र शहबाज अहमदले १र१ विकेट लिए। कोलकाताले तेस्रोपटक आइपिएलको उपाधि जितेको हो। यसअघि उसले २०१२ र २०१४ मा…
Read More
हैदरावाद र कोलकाता आईपिएलको फाइनलमा

हैदरावाद र कोलकाता आईपिएलको फाइनलमा

काठमाडौ‌- सनराइजर्स हैदरावाद इन्डियन र कोलकाता नाइट राइडर्स प्रिमियर लिग ९आइपिएल०को फाइनलमा पुगेका छन् । गएराति दोस्रो क्लालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो। हैदरावादले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो। राजस्थानका लागि ध्रुव जुरेलले अर्धशतक हाने। उनले ३५ बलमा ७ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ५६ रन बनाए। एमए चिदम्बरम स्टेडियम चेन्नईमा पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। त्यस क्रमममा हेनरिच क्लासेनले ३४ बलमा ४ छक्का प्रहार गरी सर्वाधिक ५० रन बनाए। पराजित भएको राजस्थान आइपिएलबाट बाहिरिएको…
Read More
कोलकाता र राजस्थानको खेल वर्षाका कारण रद्द

कोलकाता र राजस्थानको खेल वर्षाका कारण रद्द

काठमाण्डौ – आईपीएल क्रिकेटमा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण रद्द भएको छ । कोलकाताले यस खेलअघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर राजस्थानका लागि यो खेलमा दोस्रो स्थानमा रहनका लागि जित आवश्यक थियो । वर्षाका कारण गएरातिको खेलमा अङ्क बाँडिएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । यसअघि हिजोको पहिलो खेलमा लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो । पञ्जाब किंग्सलाई ४ विकेटले हराउँदै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६…
Read More
स्वास्थ्य शिविर सञ्चालन गर्ने डोटीका एक नक्कली डाक्टर पक्राउ

स्वास्थ्य शिविर सञ्चालन गर्ने डोटीका एक नक्कली डाक्टर पक्राउ

डोटी- जिल्ला प्रहरी कार्यालय डोटीले एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ । डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए ।
Read More
उच्च अदालतको फैसलापछि सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको निर्णय

उच्च अदालतको फैसलापछि सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको निर्णय

काठमाडौँ- उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी २० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको हो । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले समर्थकसामु अझै देशलाई अगाडि बढाउने प्रतिक्रिया दिएका छन् । फैसलापछि समर्थकहरुले नाराबाजी गर्दै सन्दीपको खुशीयाली मनाएका थिए । उनले सन्दीपलाई प्रतिक्रिया दिन भनेपछि सन्दीपले भने–‘देशलाई जहाँसम्म पुर्‍याएको थिए, अब अझै अगाडि पुर्‍याउने छु ।   यस्तै सन्दीपले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए । उनले अहिलेसम्म फसाएर दोषी करार गरिएको भन्दै यो लडाईमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.