आज मितिः २०८३ बैशाख ८ गते

८ विकेटले पराजित गर्दै आइपिएलको उपाधि कोलकाता नाइट राइडर्सले जित्यो

काठमाडौं-

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ। आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो।

फाइनल खेलमा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०।३ ओभरमै पूरा गर्‍यो। उपाधि दिलाउने क्रममा कोलकाताका वेंकटेश ऐयरले अर्धशतक प्रहार गरे। उनी २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएर नट आउट रहे।

ओपनर रहमानउल्लाह गुर्बाजले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३९ रनको योगदान गरे। हैदरावादका कप्तान प्याट कमिन्स र शहबाज अहमदले १र१ विकेट लिए।

कोलकाताले तेस्रोपटक आइपिएलको उपाधि जितेको हो। यसअघि उसले २०१२ र २०१४ मा उपाधि जितेको थियो।

हैदारावादले यही सिजनमा आइपिएल इतिहासकै सर्वाधिक २८७ रन बनाएर कीर्तिमान बनाएको थियो।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.