आज मितिः २०८३ बैशाख ८ गते

विश्वकपमा नेपाल नेदरल्याण्डसँग पराजित

काठमाडौं-

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपालले नेदरल्याण्डससँग ६ विकेटको हार बेहोरेको हो।

नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्डसले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनिङ ब्याटर म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे। उनले नटआउट ५४ रन प्रहार गर्ने क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

अर्का ओपनर माइकल लेभिटलाई सोमपाल कामीले दोस्रो ओभरमा १ रनमै आउट गरेका थिए। त्यसपछि दीपेन्द्रसिंह ऐरीले विक्रमजित सिंहलाई नवौं ओभरमा २२ रनमा एलबिडब्लूको धरापमा पारेका थिए।

खेलमा नेपालका कप्तान रोहित पौडेलले १८औं ओभरमा ओडाउडको क्याच मिस गरेका थिए। त्यतिबेला उनी ४१ रन बनाएर खेलिरहेका थिए।

बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले १(१ विकेट लिए।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.