आज मितिः २०८३ बैशाख ८ गते

भारतमा भाजपाले ल्याउन सकेन बहुमत

काठमाडौं-

भारतीय लोकसभा निर्वाचन २०२४ मा अघिल्लो निर्वाचनमा स्पष्ट बहुमत ल्याएको सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा०ले यस पटक बहुमत नल्याउने मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ । मतगणना मंगलबार बिहानबाट सुरु भएको हो ।

 

भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार दिउँसो साढे २ बजेसम्मको अवधिमा ५४३ सदस्यको लागि भएको लोकसभा निर्वाचनमा भाजपाले २३९ स्थानमा अग्रता लिइरहेको छ । यीमध्ये दुई उमेदवार विजयी भइसकेका छन् । इन्डियन नेसनल कंग्रेस ९आईएनसी०ले ९९ सिटमा अग्रता कायम राखेको छ । यीमध्ये एक स्थानमा कंग्रेसका उमेदवार विजयी भइसकेका छन् । यसअघि सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा भाजपाका ३०३ उमेदवार विजयी भएका थिए । कंग्रेसका ५२ उमेदवार विजयी बनेका थिए ।

 

भारतमा अप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा करोडौँ भारतीय जनताले मतदान गरेका थिए । मतगणनाको प्रारम्भिक मतगणनाअनुसार केन्द्रमा सरकार बनाउन भारतीय जनता पार्टी ९भाजपा० नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन ९एनडीए० र विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स ९आईएनडीआईए० बीच प्रतिस्पर्धा देखिएको छ । एक्लै बहुमत ल्याउन नसक्ने अवस्था रहेको भाजपाले नेतृत्व गरेको गठबन्धन एनडीएले भने बहुमत ल्याउने देखिन्छ ।

मतगणना भएका स्थानमध्ये एनडीएका २९० उमेदवार, इन्डिया गठबन्धनका २३४ उमेदवार र अन्य १९ उमेदवारले अग्रता बनाएका छन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.