रत्ननगर नगरपालिका वडा ११, १२ र १५ को लापार्वाही
रत्ननगर- रत्ननगर नगरपालिकाका वडा ११, १२ र १५ ले राजस्वमा लापार्वाही गरेको स्थानीयहरुले गुनासो गरेका छन् । वडालाई नगरपालिकाले सोहि दिन वा भोलीपल्ट राजस्व संकलन गराउन पटक पटक पत्राचार गरे पनि दाखीला नगरेको जनाएको छ । नगरपालिकाले पौष २४ गते आन्तरिक राजस्व रकम जम्मा गर्न ३ वटै वडाका सचिवहरुलाई पत्राचार गरेको थियो । नगरपालिकाले समयमा नै विवरण उपलब्ध नभएकोमा गम्भिर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ । वडा नम्बर १५ मा ४ वटा भजन समूह रहेको तर एउटा समूहलाई मात्र ज्याकेट वितरण गरेकोमा नगरपालिका देखि वडासम्मको विरोध स्थानीयले जनाएका थिए । वडा १५ ले जनताबाट उठाएको कर नगरपालिकामा नबुझाएको र…