वैशाख ४ देखि दोश्रो राप्ती गोल्डकप : तयारी अन्तिम चरणमा
राजन दिल गुरुङ ,२७ चैत,भण्डारा । राप्ती नगरपालिका वडा नं ६ भण्डारा स्थित सशस्त्र प्रहरी वल नं ३ बाहिनीको रंगशालामा आगामी वैशाख ४ गतेदेखि १३ गतेसम्म दोस्रो राप्ती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । हर्दी युवा समाजको आयोजनामा हुने गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको बुधबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष शम्भु सुनारले जानकारी दिए । दोस्रो राप्ती गोल्डकपमा १० वटा चर्चित क्लबले सहभागिता जनाउनेछ । कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का वडाध्यक्ष जलु महतोले तेस्रो राप्ती गोल्डकपको लागि खेलमैदान आफ्नै हुने प्रतिबद्धता व्यक्त गरे । खेलकुदले नगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने भन्दै स्थानीय सरकारले सहयोग गर्ने…