आज मितिः २०८३ बैशाख १० गते

रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण 

रत्ननगर –

 

रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकको सक्रियतामा टिकौली जंगलमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ ।

जंगलमा लागेको आगो निभाउन उपमेयर पाठकले नगरप्रहरीको टोली परिचालन गरेका थिए । आगो दनदनी बलिरहेका बेला नगर प्रहरीसंगै उपमेयरले समेत पानी हालेर आगो निभाएका थिए । सोमबार दुई बजे लागेको आगो साँझ सात बने नियन्त्रणमा लिन सफल भयौं उपमेयर पाठकले भने समयमै पुग्न नसकेको भए आगोले जंगल सखाप पार्दो रहेछ । आगो निभाउन नगरपालिकाको मिनी दमकल प्रयोग गरिएको थियो ।

सानो जनशक्तिका कारण आगो निभाउन समय लाग्यो उनले भने त्यही पनि फैलिन नदिइ नियन्त्रणमा लिन सक्यौं । नगर प्रहरी इन्चार्ज दिउसो २ बजेबाट लागेको आगो नगर प्रहरीको सम्पूर्ण टिम परिचालन गरि राती सात बजे डढेलो नियन्त्रणमा लिइएको बताए । स्रोत साधनको अभावका बीच उपमेयर सहित नगरप्रहरीहरुको सक्रियतामा आगो नियन्त्रणमा लिन सफल भएको उनको भनाई ।

जंगलमा लागेको डढेको कारण मंगलबार रत्ननगर र यस आसपासका क्षेत्रमा तुयालो लागेको छ । डढेलोले बाहिरी बाताबरण दुषित बनाएको उपमेयर पाठकले बताए । जंगलमा डढेलो लाग्दा वन्यजन्तुलाई मात्र असर गर्दैन उनले भने बाताबरण दुषित भएर मानब स्वास्थ्यमा समेत असर गरिरहेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.