मुक्तक ✍️ न सोचे जस्तो सुन्दर देखिन्छ जिन्दगी न खोजे जस्तो भाग्य लेखिन्छ जिन्दगी पानी माथि बग्ने नाउ जस्तै रहेछ यो जतिहिड्यो उतिपाईला मेटिन्छ जिन्दगी ! प्रेम प्रभा अधिकारी भरतपुर -११, चितवन
काठमाडौँ- राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी आपूर्ति भएको छ । राहदानी पुस्तिकाको आपूर्तिसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण गरी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ । गत मङ्सिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म…
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा रास्वपा उपसभापति डिपी अर्याल र बालेनका सहयोगी कुमार व्यञ्जनकार पनि सहभागी भएका थिए। भेटवार्तामा चुनावी सहकार्य र एजेन्डा लगायतका विषयमा छलफल भएको छ। रास्वपा सभापति लामिछाने शुक्रबार मात्र नख्खु कारागारबाट धरौटीमा रिहा भएका थिए।
काठमाडौं- सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ। निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन्। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्। यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ। पछिल्लो पटक आयोगले समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा एक समिति गठनगरी आवश्यक अध्ययनसमेत गराएर जनसङ्ख्याका आधारमा प्रतिशत…
काठमाडौं- काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना अन्दाजी ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। उक्त मोटरसाइकिलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष गए राति गम्भीर घाइते भएका र उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए।
काठमाण्डौ- कतारको गोल्ड सुक क्षेत्रमा रहेको गोल्डेन स्टोन ज्वैलरी नामक सुनचाँदी पसल सञ्चालन गर्दै आएका दुई नेपाली व्यवसायीबाट करिब ५० जना नेपाली श्रमिक ठगिएका छन । ठगिने पीडितहरूका अनुसार गहना बनाइदिने भन्दै अग्रिम रकम लिएर गहना नदिई पसल सञ्चालक सम्पर्कविहीन भएका हुन। ठगीको रकम पाँच लाखभन्दा बढी कतारी रियाल रहेको बताइएको छ । उनीहरूले गहना अर्डर धेरै भएकाले समय लाग्ने भन्दै लामो समयसम्म आलटाल गर्दै आएको पीडितहरूको भनाइ छ । पछि पसल नै बन्द भएपछि आफूहरू ठगिएको थाहा पाएको उनीहरूले बताएका छन् । उनीहरूले ठगिएको थाहा पाए लगत्तै कतारस्थित सम्बन्धित प्रहरी निकायमा उजुरी दर्ता गराइएको पीडित…
काठमाडौं - आज सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ । यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा तोडिएको छ । गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ अघिल्लो दिनको तुलनामा आज प्रतितोला १३० रुपैयाँ मूल्य बढेको छ । जसअनुसार चाँदी प्रतितोला मूल्य ४ हजार २३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार…
चितवन- सौराहमा यही पौष ११ गतेबाट सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय होटल संघ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रर्वद्धनको लागि हरेक बर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । तीन दिन सम्म चल्ने महोत्सव १९औं संस्करण सम्म आइपुगेको छ । रत्ननगर नगरपालिका संरक्षक र यूनाईटेड हात्ती संचालन सहकारी संस्था लि। को सह–आयोजक रहेको सो महोत्सवको आन्तरिक तथा खेलमैदान व्यवस्थापन र स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको संघका उपाध्यक्ष तथा महोत्सवका संयोजक गुणराज थपलियाले बताए । महोत्सवका लागि बाघमारा चौर व्यवस्थापन र स्टल निर्माणको काम तीब्र गतिमा चलिरहेका बेला हात्तीहरु भने पेनाल्टी…
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनमा सहभागी हुने स्पष्ट प्रतिबद्धता जनाएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र रास्वपाका सभापति रवि लामिछानेबिच आइतबार राति भएको वार्तामा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति ८ बजेदेखि सुरु भएको छलफल करिब अढाई घण्टा चलेको थियो । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री खरेल, रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा। स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल, सोबिता गौतम, तोसिमा कार्कीलगायत सहभागी थिए । बैठकपछि सञ्चारकर्मीहरूसँग…
काठमाडौं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदै छन् । उनको सचिवालयका अनुसार भारतमा रहँदा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल(भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा विचार विमर्श गर्नेछन् । भट्टराईले आईआईटी बम्बईमा आयोजित कार्यक्रममा कि(नोट स्पिच दिनेछन् । त्यस्तै दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा आयोजित कार्यक्रममा प्रमुख वक्ताको रूपमा सहभागी हुनेछन् । भट्टराईका स्वकीय सचिव रेखी गुरुङका अनुसार उनी पुस ९ गते भारत भ्रमण पूरा गरी स्वदेश फर्कने कार्यक्रम छ ।