कांग्रेस पार्टीलाई मधेशले नै बनाएको हो- गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा आफूले सजिलो बाटो छोडेर कठिन बाटो रोजेको बताएका छन्। शनिबार काठमाडौंमा भएको सर्लाहीका मतदातासँगको अन्तरक्रिया कार्यक्रममा उनले विशेष महाधिवेशनमा सबैको साथ नपाएको भए पार्टीबाट निस्कासित सदस्यको रुपमा रहने उल्लेख गर्दै आफ्नो लडाइँ लड्नको लागि सजिलो बाटो छाडेको बताए। उनले भने, ‘मैंले पार्टीमा सजिलो बाटो छाडेर कठिन बाटो रोजेको हुँ। म पाँच वर्षको लागि कांग्रेसबाट भर्खरै निकालिएको थिएँ। विशेष महाधिवेशनमा साथीहरुले साथ नदिनु भएको भए आज म पार्टीबाट निस्कासित सदस्यको रुपमा तपाईहरुको बीचमा उभिएको हुन्थें। म आफ्नो लडाई लड्नुपर्छ, आफ्नो कर्म गर्नुपर्छ बाँकी नियतिको हातमा छ भनेर विश्वास गर्ने मान्छे…