आचारसंहिता उल्लंघनका २३ उजुरी, निर्वाचन आयोगले सोध्यो १२ लाई स्पष्टीकरण
काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता हालसम्म २३ वटा उजुरी दर्ता भएको जनाएको छ। तीमध्ये १२ वटा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिसकेको छ। आइतबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले स्पष्टीकरण सोधिएका उजुरीमध्ये १२ वटाको जवाफ आइसकेको जानकारी दिए। उनका अनुसार कानुनी प्रावधानअनुसार सफाइको अवसर नदिई कारबाही गर्न नपाइने भएकाले आयोगले पहिला स्पष्टीकरण सोध्ने प्रक्रिया अपनाएको बताए। ‘प्राप्त उजुरीहरुमध्ये २३ वटा उजुरी परेको छ। जसमा सम्बन्धित व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोध्ने काम भएको छ। १२ वटाको जवाफ आइसकेको छ। आयोगले कारबाही गर्नुअघि अनिवार्य रूपमा स्पष्टीकरण सोध्नुपर्छ। चित्त बुझ्दो जवाफ आएमा…