आज मितिः २०८३ असार ४ गते

समाचार

सुनकोशी नदीमा गाडी खस्दा तीनजना बेपत्ता

सुनकोशी नदीमा गाडी खस्दा तीनजना बेपत्ता

काठमाण्डौं- खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको गाडी मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको कुँडुले नजिकबाट शनिबार साँझ सुनकोशी नदीमा खस्दा तीन यात्रु बेपत्ता भएका छन्। एक जना भने हामफालेर घाइते छन्। सिन्धुली प्रहरीका अनुसार गाडीमा सवार ४ मध्ये नदीमा खस्दा तीन यात्रु बेपत्ता भएका हुन्। हामफालेर जोगिएका भक्तपुर सूर्यविनायक नगरपालिका जगातीका २७ वर्षीय सुशान्त कक्षपतीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। कक्षपतीको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । सुनकोशीमा खसेर बेपत्ता हुनेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका जगातीका वर्ष ३२ का चालक अविन बडे, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन्। बेपत्ताको खोजतलासको लागि सशस्त्रको गोताखोर परिचालन गरिएको छ।…
Read More
बस दुर्घटनाका मृतक सबैको शव परीक्षण चितवनमा हुने

बस दुर्घटनाका मृतक सबैको शव परीक्षण चितवनमा हुने

चितवन- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो। उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताए। मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ। आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति…
Read More
आज विरुडा पञ्चमी, सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

आज विरुडा पञ्चमी, सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

कञ्चनपुर-   सुदूरपश्चिममा आजदेखि मौलिक पर्व गौरा मनाईंदै छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ। आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न ९मास, कलौँ, गहत, गहुँ र गुरुस० भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने जानकार गोमती भट्टले बताए। “एक महिना अघिदेखि नै…
Read More
भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो

भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो

तनहुँ - तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखराबाट काठमाडौंका हिडेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुलि सकेको छैन ।
Read More
चितवन सेवा समाज अससको भदौ १५ गते तिज गित प्रतियोगिता हुने

चितवन सेवा समाज अससको भदौ १५ गते तिज गित प्रतियोगिता हुने

चितवन- हरितालिका तिजको अवसरमा रत्ननगर नगरपालिकाको सौराहाचोकमा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिले जिल्ला स्तरीय तिज गित प्रतियोगिता गर्ने भएको छ । दर्जन शाखा विदेशमा रहेको संस्थाको केन्द्रीय कार्यालय चितवनले भदौ १५ गते सौराहाचोक स्थित होटल गंगोत्रीमा तिज गित प्रतियोगिता गर्न लागेको हो ।   प्रतियोगितामा सहभागीताको लागि जिल्लाबाट १६ समूह दर्ता भइसकेको कार्यक्रम संयोजक एवं लोक तथा दोहारी गायक नेत्रजी पन्तले जानकारी दिनुभयो ।   प्रतियोगिताको प्रथम पुरस्कार नगद ३३ हजार रुपैयाँ रहेको छ । दोस्रो पुरस्कार नगद २२ हजार, तेस्रो पुरस्कार नगद ११ हजार र सान्त्वना पुरस्कार नगद ५ हजार रुपैयाँ र साथमा प्रमाणपत्र पनि दिइने संयोजक पन्तले…
Read More
सहकारी छानबिन समितिले छवि र रविलाई सोधपुछका लागि बोलायो

सहकारी छानबिन समितिले छवि र रविलाई सोधपुछका लागि बोलायो

काठमाडौं-   गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका छविलाल जोशी र रास्वपाका सभापति तथा सांसद रवि लामिछानेलाई सोधपुछका लागि संसदीय छानबिन समितिले बोलाएको छ। लामिछानेभन्दा पहिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका छविलाल जोशीलाई सोधपुछमा बोलाइएको समिति सचिवालयले जानकारी दिएको छ। स‍हकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सोधपुछका लागि आज शुक्रबार उपस्थित हुन भनेको हो। पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा समितिले सोधपुछका लागि आज शुक्रबार दिउँसो २ बजे उपस्थित हुन भन्दै पत्राचार गरिएको समिति सचिवालयले जनाएको छ।
Read More
अब नेपालमा टिकटक खुल्ला हुने

अब नेपालमा टिकटक खुल्ला हुने

  काठमाडौं- नेपालमा अब भिडियो सेयरिङ प्ल्याटफर्म टिकटक खुल्ला हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो। टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन दिने भएको छ। सरकारले टिकटक खुला गर्ने निर्णय गरेसँगै यो चल्न थालेको छ। गत वर्ष असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमा प्रतिबन्ध लगाइएको थियो। सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गत मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’…
Read More
महेन्द्र क्याम्पसमा पड्कीयो सुतली बम, दुई जना पक्राउ

महेन्द्र क्याम्पसमा पड्कीयो सुतली बम, दुई जना पक्राउ

दाङ- घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका हुन् । प्रहरी प्रवक्ता तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् । उनका अनुसार मोटरसाइकलमा आएका दुई जनामध्ये थापाले…
Read More
भैंसीको आक्रमणबाट बाघको मृत्यु

भैंसीको आक्रमणबाट बाघको मृत्यु

मकवानपुर- मकवानपुरमा भैंसीको आक्रमणबाट बाघ मरेको छ। बिहीबार बिहान सवा ३ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैंसी भने घाइते भेटिएको छ। भैंसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले  मृत बाघ चितवन लिएर गएको छ। बाघ बुढो, असाध्यै दुब्लो र कमजोर भएकाले आक्रमण गर्न खोज्दा भैंसीले नै उसलाई हानेर मारिदिएको अनुमान छ। निकुञ्जका कर्मचारीका अनुसार जंगलमा सिकार गर्न नसक्ने अवस्थामा पुगेपछि बाघ बस्तीतिर छिरेको हुन सक्छ।    
Read More
अस्पतालका उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

अस्पतालका उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

काठमाडौं-   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन्। अस्पतालमा खेर गइरहेका उपकरण मर्मतमा सघाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो। केन्द्रले मन्त्रालय अन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिने र त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्ने सम्झौतामा उल्लेख छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.