आज मितिः २०८३ असार ४ गते

समाचार

विमानस्थलमा गर्दा लगाइदिएको खादा किन खोस्छ प्रहरी

विमानस्थलमा गर्दा लगाइदिएको खादा किन खोस्छ प्रहरी

  काठमाडौं । घर छाडेर विदेश जाँदा परिवार तथा आफन्तले बिदाइ गर्दा लगाइदिएको खादासमेत खोसेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको आलोचना भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले यात्रुको खादा खोसेको घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ । घटनाको सार्वजनिक भिडिओमा विमानस्थलमा सुरक्षामा खटिएका प्रहरीहरूले एक यात्रुले लगाइरहेको खादा खोस्न खोज्छन्, यसपछि यात्रु आफैँले खादा खोल्छन् । जुन अहिले सामाजिक सञ्जालभर भाइरल छ । भिडिओमार्फत सार्वजनिक यस घटनाको धेरैले विरोध जनाइरहेका छन् । घर छाडेर विदेश जाँदा परिवार तथा आफन्तले बिदाइ गर्दा लगाइदिएको खादासमेत खोसेको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रहरीको आलोचना भइरहेको छ । भिडिओमा देखिएको घटनाले धेरैको मनोभावनामा आहत…
Read More
प्रोफेसर मोहम्मद रमजान अली मियाँको पुस्तक ‘नमाज’ काठमाण्डौंमा विमोचन, भारतको लोकप्रिय एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार पनि थाप्दै

प्रोफेसर मोहम्मद रमजान अली मियाँको पुस्तक ‘नमाज’ काठमाण्डौंमा विमोचन, भारतको लोकप्रिय एपीजे अब्दुल कलाम अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार पनि थाप्दै

काठमाडौं - प्रोफेसर मोहम्मद रमजान अली मियाको पुस्तक ‘नमाज’ राजधानी काठमाण्डौंमा विमोचित भएको छ । गत मङगलबार एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले ‘नमाज’पुस्तकको लोर्कापण गरेका हुन । मियाँको पुस्तक लोकार्पण गर्दै अध्यक्ष दाहालले पुस्तक मुस्लिम धर्मावलम्बीहरुका लागि धेरै नै उपयोगी रहेको बताए । मुस्लिम धर्मावलम्बीहरुको नमाज परम्परामा आधारित रहेर यसअघि पनि पुस्तक लेखिसकेका कृतिकार मियाले यस पटकको कृतिमा भने नमाजबारे विस्तृत जानकारी समेटेका छन । कार्यक्रममा एनआरएनए अभियन्ता आरके शर्माले लेखक मियाँले कतारमा रहेर कतारको कानुन सम्वन्धी पुस्तक लेखिसकेको र उनमा लेखकीय क्षमता धेरै रहेको बताए । कतारमा रहेर कतार र नेपालको सम्वन्ध विस्तार तथा कतारमा रहेका नेपाली…
Read More
आज ऋषिपञ्चमी, देशभर नदी किनारमा स्नान गर्ने महिलाको भीड

आज ऋषिपञ्चमी, देशभर नदी किनारमा स्नान गर्ने महिलाको भीड

काठमाडौं- आज ऋषिपञ्चमीका अवसरमा राजधानीकादेखि विभिन्न नदी किनारमा स्नान गर्ने महिलाको भीड लाग्ने गर्दछ । नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ। आजका दिनमा सकेसम्म नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा महिलाले स्नान गर्नुपर्ने शास्त्रीय विधि रहेको छ। तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्न भीड लागेको छ। गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किमी नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले आज ऋषिपञ्चमीका अवसरमा स्नान गरिरहेका छन्। महिलाले आज बिहानै उठेर नजिकको…
Read More
आइतबारसम्म देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

आइतबारसम्म देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौ- आज शनिबार दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भू(भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र बाँकी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बागमती प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। त्यस्तै भोलि आइतबार दिउँसो…
Read More

शिशुलाई जन्म दिएर दुबईको अस्पतालबाट फरार नेपाली महिलालाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबई - संयुक्त अरब इमिरेट्सको दुबईमा शिशुलाई जन्म दिएर एक नेपाली महिला अस्पतालबाट फरार भएकी छन् । उनलाई नभाग्न र सम्पर्कमा आउन नेपाली राजदुतावासले आग्रह गरेको छ । दूतावासले कानूनी रुपमा पछि यस्तो प्रवृत्तिले आमालाई थप समस्या आउने भएकोले दूतावासमा सम्पर्कमा आउन आग्रह गरेको हो । दुबईको लतिफा अस्पतालमा अगस्त १६ मा इमरजेन्सी कक्षमा भर्ना भएकी ललितपुरकी २८ वर्षीया रेनुका पहारीले जन्म दिएको छोरीलाई अस्पतालमै छोडेर भागेकि हुन । यो घट्ना अस्पताल स्रोतलाई उद्धृत गर्दै नेपाली दूतावास आबुधावीले जनाएको छ । रेनुका १६ अगस्तमा अस्पताल आएकी र इमरजे न्सीमा भर्ना भई सोही दिन छोरीलाई जन्म दिइ ३ दिनपछि अस्पतालबाट फरार…
Read More
रत्ननगरमा प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने 

रत्ननगरमा प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने 

रत्ननगर - पूर्वी चितवनकाे रत्ननगरमा यही भदाै २१ गते तीजकाे दिन प्रतियाेगितात्मक अर्पण तीज उत्सव हुने भएकाे छ । रेडियो अर्पण १०४.५ मेगाहर्जको आयोजना तथा अर्पण बचत तथा ऋण सहकारी संस्था लि.को सह-आयोजनामा सेभ सुपरमार्केटको प्राङ्गणमा "शेभ अर्पण तीज उत्सब २०८१ हुने भएकाे हाे । आयाेजकले बुधवार पत्रकार सम्मेलनकाे आयाेजना गरि तीज उत्सवकाे उद्देश्य र तयारीका बारेमा जानकारी दिएकाे हाे । सुरुवाती चरणमा तीज गीत प्रतियोगितामा मात्र सिमित रहेकाे कार्यक्रमलाई परिमार्जन गरि पछिल्ला  वर्षहरुमा तीज उत्सबको नाममा सञ्चालन हुदै आएको छ। कार्यक्रम संयाेजक यमन भूषालले प्रतियोगितामा मात्रै सिमित रहेको कार्यक्रमलाई समयसँगै परिमार्जन गरि प्रतियोगिता सँगै विभिन्न राष्ट्रिय, स्थानीय कलाकारको प्रस्तुतीको…
Read More
सार्वजनिक बिदा भन्दै सूचना सम्प्रेषण गर्ने चितवन का एक युवक पक्राउ

सार्वजनिक बिदा भन्दै सूचना सम्प्रेषण गर्ने चितवन का एक युवक पक्राउ

चितवन- आज सार्वजनिक बिदा भन्दै गलत सूचना सम्प्रेण गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो। आज भदौ १९ गते सार्वजनिक बिदा भन्दै गृह मन्त्रालयको नक्कली लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरिएको थियो। पुरानो सूचनालाई मिति सच्याएर आज सार्वजनिक बिदा भन्दै भ्रम सिर्जना गराइएको थियो। गलत सूचना सम्प्रेषण गरिएपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पनि ती व्यक्तिको खोजी गरेको थियो। साइबर ब्यूरोसँग समन्वय गरेर थप छानबिन र पुष्टि गर्ने काम चितवन प्रहरीले गरिरहेको छ।
Read More
एलिसाको हत्या आरोपमा एक पक्राउ

एलिसाको हत्या आरोपमा एक पक्राउ

काठमाडौँ- मकवानपुरमा एलिसा न्यौपानेको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।   यही भदौ १० गते मकवानपुरको हेटौँडा-१० बसपार्कमा रहेको रत्ना होटलमा एलिसा मृत फेला परेकी थिइन्।   घटनापछि फरार ३२ वर्षीय समीर खानलाई हेटौँडा(५, लट्टिनाथ मन्दिर परिसरबाट सोमबार साँझ ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। भदौ १० गते प्रहरीले रत्ना होटेलको कोठा नम्बर २०५ मा एलिसाको शव फेला पारेको थियो। यसअघि खानकी आमा ५५ वर्षीया सैरुन खान, श्रीमती २६ वर्षीया रविना खातुन खानका ससुरा ५६ वर्षीय लालबाबु खाँ पैठान र जेठान ३० वर्षीय फैयाज अहमदलाई नियन्त्रणमा लिइएको डीएसपी…
Read More
देशभर डेङ्‍गीका बिरामी ६ हजारभन्दा बढी

देशभर डेङ्‍गीका बिरामी ६ हजारभन्दा बढी

काठमाडौं- देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ। महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार छ हजार तीन सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ। यस्तै तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेङ्गी रोग लाग्दछ।
Read More
ललितपुरको महालक्ष्मीमा चर्कियो जग्गा काण्ड

ललितपुरको महालक्ष्मीमा चर्कियो जग्गा काण्ड

ललितपुर - ललितपुरको महालक्ष्मी नगरपालिको एक सार्वजनिक जग्गा उपयोगको विषयलाई लिएर चर्किएको विवादले उग्ररुप लिएको छ । नगरपालिकाको वडा नं‍८ चाकामकल लाँखे डाँडामा रहेको जग्गामा नगरपालिकाले नै दुई विपरीत योजनाहरू बढाएपछि विवादले उग्ररुप लिएको हो । नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा चाकामकल टोल सुधार समितिमार्फत हेल्थ सेन्टर निर्माण गर्नका लागि दिएको जग्गामा यत्तिखेर खानेपानीको बोरिङ गर्ने अर्को योजना ल्याएसँगै विवादले अग्ररुप लिन पुगेको हो । रोचक कुरात यो वर्ष डिप बोरिङको योजना ल्याइएको उक्त जग्गामा अघिल्लो वर्ष नगरपालिकाको खर्चमा ब्याडमिन्टनकोडसहित बालमैती पार्कनिर्माण गरिएको छ । टोल सुधार समितिलाई दिएको उक्त जग्गामा हेल्थ सेन्टर बन्न लागिरहेको समयमा पुनः नगरपालिकाले खानेपानीको समस्या देखाउँदै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.