आज मितिः २०८३ बैशाख १३ गते

छुट्टाछुट्टै दुर्घटनामा एकै घरका तीनसहित पाँच जनाको मृत्यु

बझाङ-

बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा ५ जनाको ज्यान गएको छ। बझाङको तलकोट गाउँपालिका स्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जनासहित ४ जना र मष्टा गाउँपालिका( १ कोटदेवलमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिए।

बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको उनले बताए। जीप सडकबाट करिब सय मिटर तल खसेको छ। जीपमा चालक थापा मात्र थिए।

बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेना नजिक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

दुर्घटनामा जीप चालक ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, निजकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थल र उनकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.