आज मितिः २०८३ असार ४ गते

समाचार

देशभर पश्चिमी वायुको प्रभाव

देशभर पश्चिमी वायुको प्रभाव

  काठमाडौं- अहिले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। देशको पूर्वी र मध्यभागमा भारतको पश्चिम बङ्गालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ। विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली हुनेछ। ती प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले जनाएको छ। यसैगरी आज राती कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी…
Read More
विपी राजमार्ग दशैंअघि नखुल्ने

विपी राजमार्ग दशैंअघि नखुल्ने

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दशैंअघि नखुल्ने बताएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले पूर्वी तराईलाई जोड्ने छोटो दूरीको यो सडक मार्ग तत्काल खुल्न नसक्ने प्रष्ट पारेका हुन् । मन्त्रालयको टोलीले स्थलगत अवलोकन गरेर आएको भन्दै उनले दशैं अगाडि विपी राजमार्ग खुल्ने सम्भावना नरहेको बताए । उनले भने, ‘खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धारमात्र गरिनेछ । अन्य सवारीसाधन चलाउन सकिने गरी खुलाउन नसकिने अवस्था छ ।’ असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी मन्त्रालयले दिएको छ । त्यसमध्ये ७७४ स्थानको…
Read More
सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने अनुमान

सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने अनुमान

काठमाडौं- अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब बराबरको क्षति भएको छ। क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ। क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब बराबर लाग्ने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज संसद्को पूर्वाधार समितिको आजको बैठकमा यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको क्षतिका बारेमा जानकारी गराउँदै अस्थायी रुपमा भएपछि राजमार्ग नियमित सञ्चालनका लागि अधिकतम प्रयास गरिरहेको जानकारी दिए। गत हप्ताको भीषण वर्षा र बाढीका कारण ३४ राजमार्गका…
Read More
कतारमा खुल्यो बालेन सिटि रेष्टुरेन्ट

कतारमा खुल्यो बालेन सिटि रेष्टुरेन्ट

दोहा- कतारमा नेपालीहरुले रेष्टुरेन्ट व्यवसाय गर्नेक्रममा कमि आएको छैन। ब्यवसाय गर्नेहरु दिनानुदिन बढ्दै गएको छ। दोहामा सन् १९९८ मा पहिलो पटक खुलेको चितवन टाइगर टप रेष्टुरेन्ट,नेपाली भान्साघर हुँदै दर्जनौ रेस्टुरेन्टहरु खोली सकिएको छ । धेरै रेस्टुरेन्टहरुको नाम परिवार, थर, जिल्ला वा देशको चर्चित स्थानहरुको नामबाट खोलिएको पाइन्छ । यस्तै चर्चामा पछिल्लो समय चुलिएको नामबाट नयाँ रेस्टुरेन्ट सन्चालनमा आएको छ । जसको नाम हो बालेन सिटि रेस्टुरेन्ट । काठमाडौ महानगरपालिकाका प्रमुख बालेनको नामबाट बुधबार खुलेको रेष्टुरेन्टको कतारका मानवअधिकार आयोगका नेपाली प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाले रिबन काटेर उद्घाटन गर्नु भएको हो। बिगतमा खुलेका रेष्टुरेन्ट र अहिले खुलेको रेष्टुरेन्टमा भने निकै…
Read More

ढिस्कोले पुर्दा दुई जनाको मृत्यु

हुम्ला- हुम्लामा माटो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु भएको छ। जिल्लाको ताँजाकोट गाउँपालिका-३, औलस्थित सियाणी खोलामा दसैँमा घर पोत्नका लागि माटो खन्ने क्रममा पुरिएर २४ वर्षीय ध्रुव शाही र २४ वर्षीया मनसरा मल्लको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दसैँका लागि घर सफा गर्ने सेतो कमेरो खन्न गएको समयमा उनीहरूलाई ढिस्कोले पुरेको थियो। मृतक ध्रुव शाही ताँजकोट गाउँपालिका रोजगार शाखाका प्राविधिकसमेत हुन्। यस्तै उनीहरूसँगै सेते कमेरो माटो लिन गएका रामगाउँकै २६ वर्षीय लालबहादुर शाही घाइते भएका छन्।    
Read More
बाढीपहिरोमा २२८ जनाको मृत्यु, २५ सम्पर्कविहीन, १५८ जना घाइते

बाढीपहिरोमा २२८ जनाको मृत्यु, २५ सम्पर्कविहीन, १५८ जना घाइते

काठमाडौं-   हालैको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। १५८ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ। सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको मन्त्रालयले बताएको छ।  
Read More
चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन सुरु

चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन सुरु

काठमाडौं-   सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौं, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो। बजार अनुगमनको सुरुवात गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले भने, ुसरकारका तर्फबाट खरिद भएर ल्याएपछि विभिन्न कारणले छरसात वर्षदेखि मोबाइल भ्यानहरु त्यत्तिकै थन्किएका रहेछन्, आजदेखि दसैँ, तिहारलाई लक्षित गरेर खाद्य गुण परीक्षणका लागि बजार अनुगमनमा निस्किएका छौँ।ु मन्त्री अधिकारीका अनुसार मर्मत गर्न बाँकी रहेका दुईवटा मोबाइल भ्यान पनि यथाशीघ्र मर्मत गरेर पूर्वपश्चिमबाट सञ्चालनमा ल्याइने जानकारी दिए। पछिल्लो समयमा खानपानका कारण…
Read More
अभिभावकको सम्झनामा ‘‘असहाय बृद्ध कल्याण समाज’’ लाई खाद्यान्न सहयोग , भिडियो सहित

अभिभावकको सम्झनामा ‘‘असहाय बृद्ध कल्याण समाज’’ लाई खाद्यान्न सहयोग , भिडियो सहित

चितवन १५ आश्विन। हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं नजिकिदै गर्दा असहाय बृद्ध कल्याण समाजका लागि स्वर्गीय आमा बुवाको सम्झनामा छोरी सुजाता पाठकले खाद्यान्न सहयोग गरेका छन । चितवन राप्ती ८ हाल फ्रान्स निवासी सुजाता पाठक र ज्वाई कुमार थापाले अभिभावक स्व दर्शन राज पाठक र स्व राधा कुमारी पाठकको सम्झनामा र न पा १३ मा रहेको असहाय बृद्ध कल्याण समाजलाई नेवारी चामल ३ बोरा , घरमा पेलिएको शुद्ध तोरीको तेल ५ लिटर , मुसुरोको दाल ३ केजी , नुन एक पोका , चना १ केजी , केराउ १ केजी , बोडी १ केजी , मिस्रि २ केजी , नरिवल…
Read More
रत्ननगरको चिसापानीमा असोज १७ गतेबाट महायज्ञ हुने

रत्ननगरको चिसापानीमा असोज १७ गतेबाट महायज्ञ हुने

  रत्ननगरको चिसापानीमा असोज १७ गतेबाट महायज्ञ हुने रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १२ चिसापानीमा असोज १७ गतेबाट २६ गते सम्म श्रीमद् देवीभागवत नबाह ज्ञानमहायज्ञ हुने भएको छ । वडा दसैंको अबसर पारेर चिसापानी भगवती मन्दिर व्यवस्थापन समितिले महायज्ञको आयोजना गरेको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । धार्मिक तथा एतिहासिक महत्व बोकेको चिसापानीलाई त्रिवेणी धामको रुपमा विकास गर्ने उद्देश्यले महयज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल समारोह समितिका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए । ज्योतिस पण्डित निर्मल पौडेलले कथाबाचन गर्ने सो महायज्ञबाट संकलित रकमबाट निर्माणाधिन…
Read More
बाढीपहिरोका कारण हेटौँडा काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

बाढीपहिरोका कारण हेटौँडा काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

मकवानपुर- हेटौँडाबाट काठमाडौं जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध भएको छ। बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा(काठमाडौंं खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी कुलेखानी-सिस्नेरी(दक्षिणकाली(काठमाडौं, कुलेखानी(फाखेल(काठमाडौं, कुलेखानी(मातातीर्थ(काठमाडौं र त्रिभुवन राजपथ अवरुद्ध भएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी ९सिडियो० तीर्थराज चिलुवालले त्रिभुवन राजपथ आज साँझसम्म सञ्चालनको तयारीअनुरुप काम भइरहेको बताए। उनका अनुसार त्रिभुवन राजपथबाहेक अन्य सडक भने सञ्चालनमा आउन केही समय लाग्नेछ। प्रहरीले पहिरो पन्छ्याउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको उनले बताए।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.