आज मितिः २०८३ असार ६ गते

समाचार

कांग्रेसको निष्कर्ष तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ

कांग्रेसको निष्कर्ष तीनकुने घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ

  काठमाडौं-   सत्तारुढ दल नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा शुक्रबार भएको आक्रमणको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा तीनकुनेमा प्रदर्शन भएको र अराजकता फैलाइएको आरोप लगाएको छ। राजावादीहरूको पूर्वयोजनाअनुरुप निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको निष्कर्ष निकालिएको कांग्रेस प्रक्ता प्रकाशशरण महतले बताए। बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाका विषयमा ब्रिफिङ गरेका थिए। गृहमन्त्री लेखकले प्रहरीले राजावादीको सभास्थल ताकेर कुनै गोली वा टियर ग्यास प्रहार नगरेको बताका थिए। प्रवक्ता महतले भने, ुराजावादीहरूले जुन हिसाबले लक्षित गरी आक्रमण गर्‍यो। निजी घर, व्यसायीक घर, मिडिया हाउसमा तोडफोड गरियो। त्यको कांग्रेसले भर्त्सना गरेको…
Read More
आज देशका अधिकांश भागमा आज मौसम सफा रहने

आज देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं-   हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ। विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। आगामी २४ घण्टामा कोशी…
Read More
माडीमा वन्यजन्तु राहत निर्देशिका माथि अन्तरक्रिया, पीडितमैत्री नभएको स्थानीयको गुनासो

माडीमा वन्यजन्तु राहत निर्देशिका माथि अन्तरक्रिया, पीडितमैत्री नभएको स्थानीयको गुनासो

१६ चैत, माडी । चितवनको माडीमा आज वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० माथि अन्तरक्रिया गरिएको छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको आयोजना, जिल्ला गैर सरकारी संस्था महासंघ चितवनको समन्वय, साप नेपाल र डेक नेपालको सहयोगमा गरिएको उक्त कार्यक्रममा वन्यजन्तु प्रभावित क्षेत्रका बासिन्दाहरुले नयाँ राहत निर्देशिका पीडितमैत्री नभएको औल्याएका छन् । स्थानीय लीलाधर भण्डारीले राहत लिने प्रक्रिया अत्यन्तै झण्झटिलो रहेको भन्दै विकल्प खोज्न आग्रह गरे । उनले मध्यवर्ती क्षेत्रका बासिन्दा र बालीनालीको सरकारले बीमा गरिदिने र त्यहाबाट रकम पाउने व्यवस्था गर्नुपर्ने बताए । नयाँ निर्देशिकाले पनि मानब वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न नसक्ने भन्दै उनले निर्देशिका कार्यान्वयनको लागि परिमार्जन…
Read More
खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषण अनुदान दिने

खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषण अनुदान दिने

चितवन, १६ चैत । खैरहनी नगरपालिकाले ६ महिना पुरा भई ३ वर्ष उमेर सम्मका विपन्न परिवारका बालबालिकालाई पोषण अनुदान दिने भएको छ । नगरपालिकाले विपन्न परिवारका बालबालिकालाई दैनिक १ अण्डा र १ गिलास दुध बराबरको लागत अनुमान अनुसार दैनिक ४० रुपैयाँका दरले प्रति बालबालिका मासिक १२ सय अनुदान लाभग्राहीका अभिभावकहरुको बैंक खाता मार्फत उपलब्ध गराउने भएको हो । नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने अति विपन्न घर परिवारका बालबालिकाको पोषणमा सुधार ल्याइ सक्षम जनशक्ति विकास गर्न बालबालिकालाई पोषण अनुदान प्रदान गर्न लागिएको खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाले जानकारी दिएका छन् । यो वर्षको लागि छनौट भएका ९७ लाभग्राहीहरुलाई विपन्न…
Read More
प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु

प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु

काठमाडौं-   राजावादीको आन्दोलनका क्रममा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका-४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले आकस्मिक पत्रकार सम्मेलन गर्दै घटनाको पुष्टि गरेको हो। घटनाको सुक्ष्म अध्ययन गरिररहेको मन्त्रालयले जनाएको छ। साथै दोषीलाई कानुनी दायरमा ल्याउने मन्त्रालयको भनाइ छ।
Read More
स्कारपिओ दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

स्कारपिओ दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

दाङ- दाङको तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा तुलसीपुर–७ श्रीगैँ निवासी ८५ वर्षीय जयबहादुर वली र ८३ वर्षीया धनमाया वली, तुलसीपुर–४ गोठीखोला निवासी ७५ वर्षीय परवीर खत्री र गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए। तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कारपियो गाडी भारतको तुलसीपुरमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् भने दुई जना समान्य छन् । गाडीमा सवार सबै यात्रु तुलसीपुरका रहेका जनाउँदै…
Read More
रास्वपा प्रमुख सचेतक परियार चढेको गाडीमा आगजनी

रास्वपा प्रमुख सचेतक परियार चढेको गाडीमा आगजनी

काठमाडौं-   राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन्। बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन्। बेलुकी कर्फ्यु लागेपछि परियार भित्री बाटो प्रयोग गरेर भक्तपुरस्थित आफ्नो निवासमा जाँदै थिए। चालक र परियारलाई बाहिर निकालेर प्रदर्शनकारीले गाडी जलाएका थिए।
Read More
भरतपूर अस्पतालको बार्षिकोत्सव : रत्ननगरमा ९८ जनाको निःशुल्क स्वास्थ्य परिक्षण

भरतपूर अस्पतालको बार्षिकोत्सव : रत्ननगरमा ९८ जनाको निःशुल्क स्वास्थ्य परिक्षण

रत्ननगर, चैत १५ । भरतपूर अस्पतालको ६९ औं बार्षिकोत्सवको अवसरमा रत्ननगरमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । अस्पतालले आयुर्वेद तथा वैकल्पीक चिकित्सालय बकुलहरको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो । आयुर्वेद अस्पतालमा गरिएको स्वास्थ्य शिविरमा ९८ जनाको स्वास्थ्य परिक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण पौडेलले जानकारी दिए । उनले शिविरमा विशिष्टीकृत नि:शुल्क स्वास्थ्य शिविरको साथै सन्तानको इच्छा पूगेका दम्पतीलाई स्थाईमा पुरुष बन्ध्याकरण र अस्थायीमा अन्य परिवार नियोजनका साधन उपलब्ध गराइएको जानकारी दिए । ५९ जना महिला र ३९ जना पुरुषले स्वास्थ्य परिक्षण गराएको शिविरमा न्यूरो मेडिसिन,फिजियोथेरापी तथा अकुपंचर,नेफ्रोलोजी,स्पाइनल,कार्डियोलोजी,अल्ट्रासान्ड ,युरोलोजी लगायतको सेवा उपलब्ध गराइएको थियो । रत्ननगर नगरपालिकाका मेयर प्रलाद…
Read More
राजावादीको प्रदर्शनमा एभिन्युज टिभीका पत्रकार सहित थप १ को ज्यान गयो

राजावादीको प्रदर्शनमा एभिन्युज टिभीका पत्रकार सहित थप १ को ज्यान गयो

१५, चैत, काठमाण्डु । काठमाण्डुमा आज दिउँसो भएको राजावादीहरूको प्रदर्शन अन्तर्गत तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका उनको ज्यान गएको हो । त्यस्तै कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको समेत मृत्यू भएको छ, त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार उनलाई घाँटीमा गोली लागेको थियो । दिनभर शहर तनाबग्रस्त भएको भन्दै प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।
Read More
गणतन्त्रवादी र राजावादीको काठमाडौं उपत्यकामा जनप्रदर्शन 

गणतन्त्रवादी र राजावादीको काठमाडौं उपत्यकामा जनप्रदर्शन 

काठमाडौं- गणतन्त्रवादी र राजावादीले आज शुक्रबार काठमाडौं उपत्यकामा जनप्रदर्शन गर्दैछन्। काठमाडौं उत्यकाका विभिन्न ठाउँबाट जुलुससहित भेला भएर सभा गर्ने दुवै पक्षको तयारी छ।   गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा ९माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा०ले गरेका छन् भने राजावादीहरुको कमाण्ड मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सम्हाल्नेछन्।   दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ। गणतन्त्रवादीलाई सभा गर्न प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा ठाउँ तोकिएको छ।   सुरक्षाका लागि करिब २५ सय नेपाल प्रहरी खटिने बताइएको छ। सादा पोशाकका प्रहरीसमेत परिचालन हुनेछन्। सशस्त्र प्रहरीले पनि करिब १७ सय सुरक्षाकर्मी परिचालन गरिने बताएको छ।   यहीबेला एसईई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.