आज मितिः २०८३ असार ६ गते

समाचार

अझै दर्ता भएन चार वर्षअघि बाँडिएको लालपुर्जा

अझै दर्ता भएन चार वर्षअघि बाँडिएको लालपुर्जा

चितवन- चितवनमा भूमि आयोगले वितरण गरेको जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) को स्रेस्ता र नक्सा कायम नहुँदा लालपुर्जा पाएकाहरू चिन्तित भएका छन्। भरतपुर महानगरपालिका वडा नं २ स्थित आँपटारीका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीले लालपुर्जा पाएको चार वर्ष पुगे पनि अहिलेसम्म स्रेस्ता र नक्सा कायम नहुँदा जग्गा नपाइने हो कि भन्ने चिन्तामा उनीहरू रहेका हुन्। अहिलेसम्म स्रेस्ता र नक्सा नपाएपछि उनीहरूले भूमि समस्या समाधान आयोगमा ज्ञापनपत्रसमेत बुझाएका छन्। भूमिहीन दलित सुकुमवासी र भूमिहीन सुकुमवासीसँग ज्ञापनपत्र बुझाउन पुगेका भरतपुर महानगरपालिका वडा नं २ का निवर्तमान वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठले लालपुर्जा पाएकाहरूको समस्या समाधान गरिदिन अनुरोध गरेका छन्। ‘लालपुर्जा वितरण गरिएको चार वर्ष…
Read More
सर्बिया पठाइदिन्छु भनेर ३२ लाख ठगी गर्ने पक्राउ

सर्बिया पठाइदिन्छु भनेर ३२ लाख ठगी गर्ने पक्राउ

काठमाडौं-   प्रहरीले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने भन्दै रु ३२ लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुरको भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माकलाई सर्बिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए। “सुरेशले सर्बिया पठाइदिने भन्छु भन्दै पाँचजना पीडितहरूबाट रु ३२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौँको बौद्धबाट पक्राउ गरिएको हो ।” पक्राउ परेका सुरेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जिसीले बताए।
Read More
काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार ग¥यो

काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार ग¥यो

काठमाण्डौं-   काठमाडौं उपत्यकाको वायु प्रदूषण कम गर्न विज्ञहरूले विभिन्न सुझाव दिएका छन्। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँगको भेटमा विज्ञहरुले सरकारलाई सुझाव दिएका हुन्। काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेपछि सरकारले प्रदूषण कम गर्न विज्ञको सुझाव लिएको हो। विज्ञहरूले वायु प्रदूषण कम गर्न हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सुझाएका छन्। त्यस क्रममा विज्ञहरुले सातामा दुई दिन कार्यालय बिदा दिन तथा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न सुझाव दिएका थिए। विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेको छ। एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक…
Read More
नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा

काठमाडौँ- तराई–मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउनेगरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् । दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्वतहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रुप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५…
Read More
वायु प्रदूषणका कारण काठमाडौंको आकाश बादलले डम्म

वायु प्रदूषणका कारण काठमाडौंको आकाश बादलले डम्म

काठमाडौं-   विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ। वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन्। हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन्। बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ।
Read More
उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन  विश्वविद्यालय विच सम्झौता

उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच सम्झौता

२० चैत्र, भरतपुर उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच चितवनको कृषि विकासका साथै आधुनिकिरणका लागि दुवै संस्थाले साझा धारण बनाएर जाने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चैत्र १९ गते एक कार्यक्रमका विच कृषि तथा वन विश्वविद्यालयको कार्यालयमा वसी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै कृषि तथा वन विश्वविद्यालयका उपकुलपती प्रा.डा शारदा थपलियाले कृषि तथा वन विश्वविद्यालयले कृषि क्षेत्रमा शिक्षण, अनुसन्धान र सेवाहरूमा उत्कृष्टताको केन्द्र बन्न प्रयासरत रहिरहेको बताउँदै उहाँले विश्वविद्यालयले ग्रामीण सामाजिक–आर्थिक अवस्था सुधार गर्न कृषि र कृषि सम्बद्ध विज्ञानहरूमा दक्ष पेशेवरहरू विकास गर्दै रोजगारी सृजनाका साथै प्रदान गर्दै…
Read More
विकू बचत रत्ननगरमा एटीएम तथा ३६५ दिने सेवा उद्घाटन

विकू बचत रत्ननगरमा एटीएम तथा ३६५ दिने सेवा उद्घाटन

रत्ननगर, चैत २० । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रत्ननगर स्थित पुजा सेवा केन्द्रमा एटीएम तथा ३६५ दिने सेवा उद्घाटन गरिएको छ । गैंडाकोट नगरपालिका वडा नं ८ विजयचोकमा मुख्य कार्यालय रहेको सो सहकारीले शेयर सदस्यहरुमा सेवा थप गर्नेक्रममा पुजा सेवा केन्द्रमा एटीएम तथा ३६५ दिने सेवा सञ्चालनमा ल्याएको हो । रत्ननगर वडा नं १ बकुलहर स्थित सेवा केन्द्रमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले एटीएम तथा ३६५ दिने सेवाको उद्घाटन गरेका हुन् । सो अबसरमा उनले संस्था स्थापनाको लामो समय देखि सरकारीले शेयर सदस्यको हितमा काम गर्दैै नीति, विधि र प्रविधिलाई आत्मसाथ गरेको बताए…
Read More
रमादानको अवसरमा यूएई र कतारमा नेपाली कैदीलाई माफी

रमादानको अवसरमा यूएई र कतारमा नेपाली कैदीलाई माफी

काठमाडौं - रमादानको अवसरमा यूएई र कतारमा नेपाली कैदीलाई माफी दिईएको छ । संयुक्त अरब इमिरेट्स ९यूएई०ले १६६ नेपाली कैदी र कतारमा ८ जनालाई माफी दिएको हो । रमादानको अवसरमा यस्तो माफी दिइएको परराष्ट्र मन्त्रालयले बताएको छ । मन्त्रालयले दुई देशको सम्बन्धलाई झल्काउने खालका माफीका कार्यक्रमलाई उच्च सम्मान गर्ने बताएको छ । मन्त्रालयले आवुधाबीमा रहेको नेपाली दूतावासको आग्रह अनुसार यूएईले माफी दिइएको भन्दै धन्यवाद दिएको छ ।  
Read More
एक महिनामा १९ सय उजुरी दिए ऊर्जा मन्त्रालयको हटलाइनमा

एक महिनामा १९ सय उजुरी दिए ऊर्जा मन्त्रालयको हटलाइनमा

काठमाडौ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१) मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ। काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हटलाइनमा आएका जनताको गुनासोलाई यथासक्य चाँडो सम्बोधन गर्न निर्देशन समेत दिए। हटलाइन सेवामा कार्यरत रामकृष्ण पौडेलले गुनासो आउने वित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जानकारी गराएर समस्या समाधान गर्दै आएको बताए। हटलाइनमा फागुन महिनामा मात्र एक हजार ९०२ वटा उजुरी दर्ता भएको उनले बताए। उनका अनुसार…
Read More
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण 

रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण 

रत्ननगर -   रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकको सक्रियतामा टिकौली जंगलमा लागेको डढेलो नियन्त्रणमा लिइएको छ । जंगलमा लागेको आगो निभाउन उपमेयर पाठकले नगरप्रहरीको टोली परिचालन गरेका थिए । आगो दनदनी बलिरहेका बेला नगर प्रहरीसंगै उपमेयरले समेत पानी हालेर आगो निभाएका थिए । सोमबार दुई बजे लागेको आगो साँझ सात बने नियन्त्रणमा लिन सफल भयौं उपमेयर पाठकले भने समयमै पुग्न नसकेको भए आगोले जंगल सखाप पार्दो रहेछ । आगो निभाउन नगरपालिकाको मिनी दमकल प्रयोग गरिएको थियो । सानो जनशक्तिका कारण आगो निभाउन समय लाग्यो उनले भने त्यही पनि फैलिन नदिइ नियन्त्रणमा लिन सक्यौं । नगर प्रहरी इन्चार्ज दिउसो २…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.