आज मितिः २०८३ बैशाख ११ गते

प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

Uddar News

रोल्पा –

रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार तीन दिनअघि गएको सोमवारदेखि उनीहरु सम्पर्कविहीन भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौं हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य र चन्द्र प्रकाश ओलीका साथै अरु कर्मचारी शिव कुमार वली र प्रदीप केसी सम्पर्कविहीन भएका अध्यक्ष मगरले जानकारी दिनुभयो ।

गाउँपालिकामा रातिको समयमा नेपाल टेलिकमको नेटवर्कमा समस्या हुने भएकाले सोमवार राति प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरले कार्यालयको भुक्तानी गर्न ओपीटी कोटको सहजताका लागि रुकुम पूर्वमा गई कामकाज गर्ने निर्णय गर्नुभएको थियो । तर, त्यहाँ गएका उनीहरू अहिलेसम्म सम्पर्कमा नआएको र खोजतलास गर्दासमेत नभेटिएको भन्दै गाउँपालिकाले कसैसँग जानकारी भए खबर गरिदिन आग्रह गरेको छ ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.