काठमाडौं- सुनको मूल्य आज तोलामा सात हजार पाँच सय रुपैयाँले घटेको छ। हिजो मंगलबार हालसम्मकै उच्च प्रतितोला एक लाख ९७ हजार ९ सय पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही दिनयता लगातार बढेको सुन आज ह्वात्तै घटेको हो।
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो । यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि…
काठमाडौँ- नेपाल क्रिकेट संघले विश्वकप लिग–२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को घोषणा गरेको छ। क्यानले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने लिग–२ शृंखलाको तयारीका लागि भन्दै ५२ खेलाडीलाई ‘कोर क्याम्प’मा राखेको हो। जसमा यू(१९ टोलीका कप्तान नरेन भट्टसँगै युवराज खत्री र सन्तोष यादव पनि समावेश रहेका छन्। क्यानले पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो। क्यानले यी खेलाडीलाई निलो, हरियो, रातो र पहेँलो गरि चार समूहमा विभाजन गरेको छ। क्यानका अनुसार प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा खेलाडीबीच अभ्यास खेल सञ्चालन गरी अन्तिम टोली छनोट गरिनेछ। प्रशिक्षण र अभ्यास अप्रिल २६ देखि मे ३ तारिखसम्म मूलपानी मैदानमा…
काठमाडौं- धादिङको थाक्रे गाउँपालिकाले जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको छ। गाउँ कार्यपालिका कार्यालयले मंगलबार सूचना जारी गरेर उनीहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गरी पढाउनुपर्ने निर्णय गरेको हो। ुगाउँ कार्यपालिकाको कार्यालयको मिति २०८२–०१–०७ गतेको १४०औं बैठकको निर्णयानुसार यस गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरू र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफ्नो सन्ततिहरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने निर्णय भएको हुँदा सोहीअनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारीका लागि आदेश अनुसार अनुरोध छ, विद्यालयकी वरिष्ठ…
काठमाडौं- नेपाल शिक्षक महासंघको बैठकले कक्षा १२ को परीक्षाका कुनै पनि प्रक्रियामा सहभागी नहुन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ। यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा केन्द्र परेका विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीले धम्की दिएर परीक्षाको प्रक्रियामा सामेल हुन दबाब दिएकोमा महासंघले विरोध जनाएको छ। ुविगत २१ दिनदेखि काठमाडौंमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक –कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार…
चितवन- निजामती कर्मचारी खटाएर कक्षा १२ को परीक्षा गराउने निर्णय सरकारले लिएको छ। आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकबारे जानकारी दिँदै बोर्ड अध्यक्ष महाश्रम शर्माले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी भई सहज तरिकाले सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए। यस्तै, अर्का एक बोर्ड सदस्यका अनुसार बोर्ड बैठकमा अधिकांश पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने बताएका थिए। ती पदाधिकारीका अनुसार परीक्षा सञ्चालन जिल्ला समन्वय…
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। प्रतिकूल स्वास्थ्य स्थितिका राजीनामा दिएको उनले बताएकी छन्। भट्टराई गत फागुनयता बिरामी थिइन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी गत ११ फागुनमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। डाक्टरले आराम गर्न सुझाव दिए पनि उनी मन्त्रालयको नियमित काममा गइरहेकी थिइन्। उनको राजीनामालाई शिक्षक आन्दोलनसँग पनि जोडेर हेरिएको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २० दिनदेखि शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा आन्दोलन चलिरहेको छ। नयाँ शैक्षिक सत्र सुरू भइसक्दा पनि शिक्षकहरूले आन्दोलन मोर्चा नछाडेपछि उनीमाथि दबाब बढेको थियो। यसअघि शिक्षा मन्त्रालयले वार्ताको कोसिस गरे पनि माग पूरा गर्ने सर्तमा मात्रै बस्ने…
ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो । आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा…
काठमाडौं- हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। पछिल्लो ६ घन्टायता कोशी प्रदेशका एक-दुई स्थानमा बाहेक अन्य स्थानमा वर्षा भएको छैन। सोमबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको पनि सम्भावना रहेको महाशाखाले…
सकियो वन्यजन्तु सप्ताह स् बविभिन्न पेशामा आवद्ध व्यक्तिहरु सम्मानित रत्ननगर - चितवनमा बैशाख १ गतेबाट सुरु भएको ३०औ वन्जन्तु सप्ताह आइतबार सकिएको छ । सौराहा स्थित मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले सप्ताहा समापनको अबसरमा वन तथा वन्यजन्तु संरक्षणमा योगदान गरेका संरक्षणकर्मी, संघसंस्थालाई सम्मान तथा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण गरेको छ । मृगकुञ्जले चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा संरक्षणमा महत्वपूर्ण योगदान गर्ने मध्ये सौराहा सेक्टर प्रमुख तथा संरक्षण अधिकृत शान्तवहादुर मगर, चरा संरक्षणकर्मी, वासु विडारी, समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानकी सदस्य रिना लामा, राप्ती सरसफाई अभियन्ता अपिल घिमिरेलाई नगद पुरस्कार सहित सम्मान गरेको छ । त्यसैगरी पत्रकारिता…