यस्तो रहनेछ आजको मौसम
काठमाडौं- हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी भू-भागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केहि स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भु-भागका थोरै स्थानहरूमा भने मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार राति देशको पहाडी र हिमाली भू-भागमा साधारणतया र तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाको पूर्वानुमान छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा…