बिचौलिया भट्टसँगको ‘कनेक्सन’ पछि व्यवसायीहरु पक्राउ पर्दै
काठमाण्डौ - बिचौलिया दीपक भट्टसँग मिलेर नीतिगत अनियमिततामा जोडिँदै आएको शंकर ग्रुपमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेसँगै शंकर अग्रवाल पक्राउ परेका छन् । शंकर ग्रुपका संस्थापक तथा अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो । विभागले उनलाई शुक्रबार कार्यालयमै बोलाएर सोधपुछ गरेको थियो । बयान नसकिएका कारण उनलाई ललितपुर प्रहरी हिरासतमा पठाइएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी गौतम मिश्रले भने विस्तृत विवरण आइनसकेको बताए । ‘विभागले हामीलाई थुनामा राख्न पठाएको हो । अनुसन्धानको विषयमा विस्तृत जानकारी हामीसँग छैन,’ उनले भने । विभागले शंकर ग्रुपसँग निकट रहेका बिचौलिया दीपक भट्टलाई बिहीबार पक्राउ गरेको थियो । उनी विभिन्न कम्पनीका रकम…