आज मितिः २०८३ जेष्ठ १ गते

अवैध क्रिप्टो करेन्सीको कारोबारमा संलग्न दुई जना पक्राउ 

चितवन-

जिल्ला प्रहरी कार्यालय चितवनले अवैध क्रिप्टो करेन्सीको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

 

भरतपुर महानगरपालिका–२ मेलमिलाप टोलमा अवैध मुद्रा कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

 

पक्राउ पर्नेमा सर्लाही राजबिराज नगरपालिका–१२ का २५ वर्षीय आशिष कुमार दास र भरतपुर २६ बस्ने २२ वर्षीया विनिता परियार रहेका छन्।

 

उनीहरूको साथबाट रु। १ लाख ९ हजार ९ सय ९५ नगदसहित विभिन्न बैंकका ३ थान चेकबुक, ४ थान एटीएम कार्ड, ५ थान मोबाइल, १ सेट कम्प्युटर, १ थान ल्यापटप, २ थान ट्याब, २ थान वाइफाइ राउटर, ६ थान नेपाली र २ थान भारतीय सिमकार्ड, ३ थान एसडी कार्डरपेनड्राइभ तथा २ थान नेपाली नागरिकता बरामद गरिएको प्रहरीले जनाएको छ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.