काठमाण्डौ –
सेवाग्राहीसँग २० हजार घुस लिँदालिँदै प्रहरी नायब निरीक्षक दिनेश राउत पक्राउ परेका छन्। उनी प्रहरी वृत्त मालीगाउँमा कार्यरत रहेका छन्।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।
घुसबापतको रकम र मोबाइल एक थानसहित उनलाई काठमाडौंको गहनापोखरीबाट नियन्त्रणमा लिइएको हो ।