आज मितिः २०८३ आश्विन १ गते

समाचार

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन सुरु

लुम्बिनी- बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको सरकारी जग्गामाबनेका घरटहरा हटाउन सुरु भएको छ। तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि सरकारको निर्णयअनुसार उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई भोगाधिकार दिइएको थियो। साबिक वडा नम्बर ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने साविक कित्ता नम्बर ३९६ ९हाल कित्ता नम्बर ७,८,१२,६१,१३ र ४० को करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका घरटहरा हटाउन थालिएको हो। बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङ गरेर सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएको थियो। उक्त क्षेत्रमा बुटवल बार एशोसिएसन, प्रदेश प्रमुखको…
Read More
देशका विभिन्न स्थानबाट लागूऔषधसहित ४१ जना पक्राउ

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ४१ जना पक्राउ

काठमाडौं- प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद रु ६८ हजार २०० सहित एक जना किशोरलाई पक्राउ गरिएको छ। प्रहरी समाचारकक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बाट एक, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई र दाङको घोराही उपमहानगरपालिका–१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो। अभियुक्त शनिबार पक्राउ परेका हुन्। उनीहरुबाट नगद र लागुऔषध जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको छ। त्यस्तै काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट खैरो हेरोइनसहित एक, बल्खुचोकबाट दुई…
Read More
शुक्रबार नेपाली कांग्रेसको संसदीय दलको नेता चयन हुन सकेन

शुक्रबार नेपाली कांग्रेसको संसदीय दलको नेता चयन हुन सकेन

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेताको शुक्रबार हुने भनिएको निर्वाचन स्थगित भएको छ। अर्को मिति भने तोकिएको छैन।   दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ।   उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल छन्। दलको नेता सहमतिमा चयन गर्ने प्रक्रिया असफल भएपछि हाललाई स्थगित गरिएको जनाइएको छ।        
Read More
नेपाल बाहिर पनि नेपालकै अनुभूति, कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

नेपाल बाहिर पनि नेपालकै अनुभूति, कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

आयरल्यान्ड- गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आयरल्यान्डको राजधानी डब्लिन बाहिर पहिलोपटक यति ठूलो स्तरमा आयोजना गरिएको उक्त कार्यक्रमले “नेपाल बाहिर पनि नेपालकै अनुभूति” दिलाएको सहभागीहरूले बताएका छन्। ३५० भन्दा बढी नेपालीहरूको उत्साहजनक सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले प्रवासमा नेपाली समुदायको एकता, संस्कृति र पहिचानलाई सशक्त रूपमा प्रस्तुत गरेको देखिएको छ। कार्यक्रमको अध्यक्षता NRNA आयरल्यान्डका अध्यक्ष चेतराज ओलीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा NRNA केन्द्रीय समितिका उपाध्यक्ष रामशरण सिम्खडाको विशेष उपस्थिति रहेको थियो। साथै कार्यक्रममा ICC सदस्य, पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू…
Read More
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी- गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमोले गए राति पैदलयात्री चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते भएका भुजेलको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताए। दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। ठक्कर दिने सवारीसाधन कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलनिका० नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को रहेको प्रहरी उपरीक्ष खड्काले जानकारी दिए /
Read More
चितवन उद्योग संघको ७ दिने राराको औद्योगिक अवलोकन भ्रमण शुरु

चितवन उद्योग संघको ७ दिने राराको औद्योगिक अवलोकन भ्रमण शुरु

चितवन - चितवन उद्योग संघको १८ औं कार्यसमितिको दुईवर्षे कार्ययोजना तर्जुमा गोष्ठीबाट तय भएको संस्थागत सम्बन्ध तथा भ्रमण विभागको आयोजनामा चितवनका उद्योगीहरुलाई पुनर्ताजगीकरणको लागि मुगुको रारा सहित कर्णाली प्रदेशको औद्योगिक अवलोकन भ्रमण शुरु गरिएको छ । चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको नेतृत्व र चितवन उद्योग संघका उपाध्यक्ष एवम् संस्थागत सम्बन्ध तथा भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईको संयोजनमा शुरु भएको भ्रमणमा २३ जनाको सहभागिता रहेको छ । भ्रमण टोलीमा चितवन उद्योग संघका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु अन्तोष बमजन, रामहरि कँडेल, सुरेन्द्र कार्की, प्रकाश पौडेल, चितवन उद्योग संघका पूर्व कार्यसमिति सदस्यहरु युवराज पाठक, अम्बर बहादुर…
Read More
बृद्धाहरुको आसु पुछ्दै देवघाटमा सुजिन्द्र थापा

बृद्धाहरुको आसु पुछ्दै देवघाटमा सुजिन्द्र थापा

चितवन- बाबु छोरा हुनु त तिमी जस्तो । जसलाई मैले ठूलो हुदाँ पनि सानै देख्थे कराउँथे अनि उसले पनि म जहाँ गए पनि तपाई मेरै साथमा हुनुहुन्छ नि आमा भन्थ्यो तर हुन सकेन । अध्ययन गरेकि बुहारी थिईन साह्रै मायाँ गरिन् सुरुका दिनमा जब विदेश जाने बेला भो सबै माया मोह तोडियो बाबु । उनका आँखा भरिका आँसु सुजिन्द्र थापाले पुछि दिदै भने, आमा चिन्ता नगर्नुस तपाईलाई यहाँ कुनै अप्ठेरो त छैननी त्यसैले म त महिना कै एक पटक जस्तोे आएर भेट्छु नि त ।   समय थियो मातातिर्थ औसीको थापाले आफ्नी आमा देव कुमारी थापा र श्रीमती मधु माया…
Read More
विद्युत महसुल नतिर्ने चितवनका दुईसय ७७ जना कालोसूचीमा

विद्युत महसुल नतिर्ने चितवनका दुईसय ७७ जना कालोसूचीमा

चितवन- नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले विद्युत महसुल नतिर्ने चितवनका दुईसय ७७ जना कालोसूचीमा राखेको छ। लामो समयसम्म विद्युत महसुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो। उनीहरुबाट एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठान बाँकी रहेको केन्द्रका सूचना अधिकारी नन्दराम विष्टले जानकारी दिए। उनका अनुसार लामो समयसम्म बक्यौता नतिरेका उनीहरुलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको हो। केन्द्रले बक्यौता उठाउनका लागि यस आर्थिक वर्षमा एक हजार ८२६ जना ग्राहकको विद्युत लाइन काटेको छ। ६ महिनासम्म पनि विद्युत् महसुल नतिरेका ग्राहकको लाइन काटिएको उनले बताए। केन्द्रमा हाल ७४ हजार ८७६ ग्राहक रहेका छन्। ती ग्राहकबाट ४९ करोड…
Read More
आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द

आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द

काठमाडौं- पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ। विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि राति ११;४५ देखि बिहान ६:३० बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुनेछ। निर्माणलाई गति दिन विमानस्थल बन्द गरिने विमानस्थल कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। सूचनाअनुसार विमानस्थल बन्द हुँदा त्यसबाट पर्न जाने असरलाई न्यूनीकरण गर्न आवश्यकताअनुसार उडान तथा अवतरणको कार्यतालिका निर्धारण गर्न हवाई सेवा प्रदायकलाई विमानस्थल कार्यालयले आग्रह गरेको छ।
Read More
चितवनको रत्ननगरमा भोलीदेखि ज्ञान विज्ञान महायज्ञ सुरु हुँदै 

चितवनको रत्ननगरमा भोलीदेखि ज्ञान विज्ञान महायज्ञ सुरु हुँदै 

रत्ननगर - पूर्वी चितवनको रत्ननगरमा भोली सोमबार देखि कृषि, विज्ञान तथा प्राविधिक कलेज सञ्चालनको लागि श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ सुरु हुँदैछ । थ्रि ब्रदर्श मिडियाले सौराहा सिटी कलेज निर्माणको लागि रत्ननगर वडा नं १५ विन्देश्वरी टोल, माधवपुरमा महायज्ञ आयोजना गरेको हो । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना महायज्ञको तयारी अन्तिम चरणमा पुगेको र सोमबार प्रदेश सभा साँसद तथा पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ । महायज्ञ सुरु हुनुपूर्व सोमबार माधवपुरमा भब्य कलशयात्रा निकाल्ने तयारी गरिएको छ । थ्रि ब्रदर्श मिडियाका सञ्चालक फणिन्द्र लामिछाने आफुले प्रकाशन गरेको किताब बेचेको पैसाले कृषि, विज्ञान तथा प्राविधिक कलेज स्थापनाको लागि आर्थिक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.