रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा : प्रधानमन्त्रीले उद्घाटन गर्ने
रत्ननगगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट सुरु हुने रत्ननगर महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेकाे छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवकाे स्टल निर्माण, प्रचारप्रसार र आन्तरिक व्यवस्थापनकाे काम अन्तिम चरणमा पुगेकाे संघका अध्यक्ष तथा मुल व्यवस्थापन समितिका संयाेजक शंकर गिरीले जानकारी दिए । महाेत्सवकाे समग्र व्यवस्थापनकाे काम करिब ९० प्रतिशत सकिएकाे उनले जानकारी दिए । महाेत्सवकाे प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् । यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औं संस्करण पौष २६ गते उद्घाटन भएर माघ…