आज मितिः २०८३ बैशाख ९ गते

दुई क्षेत्रमा दुई सिटका लागि ३२ जनाको उम्मेदवारी दर्ता

चैत २५, आईतबार

काठमाडौं-

आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि हिजो शनिबार उम्मेदवारी मनोनयन भएको छ। प्रतिनिधि सभाको इलाम(२ र प्रदेश सभातर्फ बझाङ(१ ९क० मा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको हो।

निर्वाचन आयोगका अनुसार इलाम(२ मा २० जना र बझाङ-१ क मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म मनोनयनको समय तोकेको थियो।

राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। वर्तमान सत्ता गठबन्धनमै रहेका तीन दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनको एमालेबाट सुहाङ नेम्वाङ, रास्वपाबाट मिलन लिम्बू र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई उम्मेदवार बनेका छन्। सत्ता गठबन्धनको माओवादी केन्द्रले भने एमाले उम्मेदवार सुहाङलाई समर्थन गरेको छ।

नेपाली कांग्रेसबाट डम्बर खड्का, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनीबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।

राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार र नेसनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.