आज मितिः २०८३ बैशाख ९ गते

राजस्थानले बेंगलूरुलाई ६ विकेटले हरायो, आज दुई खेल हुने

चैत २५, आइतबार,

काठमाण्डौ –

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु ई छ विकेटले हराएको छ । बेंगलूरुले दिएको एक सय ८४ रनको लक्ष्य राजस्थानले चार विकेट गुमाएर हराएको हो ।

राजस्थानका जोस बटलरले अन्तिम बलमा छक्का प्रहार गर्दै शतक बनाए । त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलूरुले २० ओभरमा तीन विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो । बेंगलूरुका विराट कोहलीले एक सय १३ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन ।

 

राजस्थान चार खेलमा चार जितसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलमा एकमात्र जित निकालेको बेंगलूरु आठौँ स्थानमा छ । आईपिएलमा आज दुई वटा खेल हुँदै छन् । दिउँसो पौने ४ बजे हुने खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स तथा बेलुका पौने ८ बजे लखनउ सुपर जाएन्ट्स र गुजरात टाईटन्स खेल्दैछन् ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.