चैत २९, बुधबार,
रसुवा –
रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङबो घले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई बुधबार पक्राउ गरेको हो।
घले ०७३ सालदेखि फरार रहेको प्रहरीले जनाएको छ। एक महिलालाई कुबेत लैजाने भन्दै भारतको नयाँदिल्ली हुँदै श्रीलंकाको कोलम्बो पुर्याएर बन्धक बनाएका थिए।
ती महिलाले प्रहरी र संघ संस्थाको सहयोगमा उद्धार भएको थियो। सो मुद्दामा घले त्यसवेलादेखि नै फरार रहेको खुलेको छ। बीचमा उनी चुनाव लडेर गाउँपालिका अध्यक्ष बनेका थिए।