आज मितिः २०८३ बैशाख ९ गते

क्यान्सर उपचार सहयोगको लागि पत्रकार तथा गायिका गौतमको अपिल

चैत २८, बुधबार

काठमाण्डौ –

पत्रकार तथा लोकदोहोरी गायिका कोपिला गौतमले क्यान्सर उपचार सहयोगको लागि आग्रह गरेकि छन् । तेस्रो पटकसम्म उपचार गराउँदा उनको सम्पूर्ण आर्थिक रकम सकिए पछि चौथो पटकको उपचारको लागि आर्थिक अभावले उनले सहयोगको आग्रह गरेकि हुन् ।

गीतसंगीतको क्षेत्रमा ठूलो योगदान पू¥याउँदै आएकी उनले थुप्रै कलाकारलाई सहयोग गर्दै आएकी थिईन र अहिले आफै सहयोग माग्न बाद्य भएकी छन् ।

तेस्रो पटकसम्म क्यान्सर जितेर बसेकी उनि फेरी चौथो स्टेजको क्यान्सरसँग लडि रहेकि छन् । नेपालको हरिसिद्धि क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा फलोअपमा रहेकि उनि डाक्टरहरुको सल्लाहले राजिब गान्धी क्यान्सर हस्पिटलमा पुगेगि छन् । जेनेटिक परीक्षण गराउँदा बायोप्सी रिपोर्टमा क्यान्सर पोजेटिभ देखियो । पहिलो क्यान्सरले हमाला गरेको झण्डै ३ वर्षपछि देखा परेको हो यो। जाँच गर्ने क्रममा लेफ्ट ब्रेस्टमा क्यान्सर देखिएको र अर्को ब्रेस्टमा पनि पछि क्यान्सर देखिने सम्भावना रहेको डाक्टरहरुले बताएका थिए ।

उपचारको क्रममा दिल्ली रहेकि कोपिलाको अहिले ब्रेष्टको शल्यक्रिया भएको छ । जेनेटिक उपचार, किमो थेरापी, रेडिएशन थेरापीको उपचार हुँदैछ । अब करीब ३५ लाख भारतीय रुपैया लाग्ने डाक्टरले बताएका छन् ।

सहयोगको लागि हाल इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कँडेलले अभियान संचालन गरिरहेका छन् । इन्द्रेणीमार्फत ५० हजार, पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पाबाट २० हजार र इन्द्रेणीमा उपस्थित कलाप्रेमीहरुबाट पनि सहयोग रकम उठेको छ । त्यस्तै अमेरिकाबाट गायिका सिर्जना विरही थापाको पहलमा सहयोग रकम उठ्ने क्रम जारी छ । गीतकार ज्ञानेन्द्र गदालले ‘गोफन्ड’ अभियान संचालन गरेका छन् ।

उनलाई सहयोगका लागि उनको तलको खातामा सहयोग गर्न सकिने छ ।

Laxmi Sunrise Bank, Kopila Gautam,
AC No. 00924005428
By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.