मङ्लबार, चैत्र २७,
डोल्पा-
हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भए पछि उनिहरुलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
ठूलीभेरि नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका हुन्।
घाइते हुनेमा ३८ वर्षीय जमदार केशरबहादुर मगर, ३० वर्षीया प्युठ विजय कोइराला, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको छन् ।
निभी आगो आज पुनःसुरु भएपछि सैनिक निभाउन गएका थिए।