आज मितिः २०८३ असार २ गते

समाचार

बेलायतमा नेपाली “नटवरलाल” गोर्खाले ठगे विद्यार्थीको हजारौँ पाउण्ड

बेलायतमा नेपाली “नटवरलाल” गोर्खाले ठगे विद्यार्थीको हजारौँ पाउण्ड

लण्डन । बेलायत आउनुअघि शैक्षिक कन्सल्टेन्सीको ठगी त छँदै थियो, यहाँ आइसकेपछि पनि नेपाली विद्यार्थी ठगिने क्रम रोकिएको छैन । एगंलिया रस्किन युनिभर्सिटी, क्याम्ब्रीजमा ह्युमन रिसोर्स म्यानेजमेन्ट कोर्समा मास्टर्स गरिरहेकी जयसवाल थरकी विद्यार्थी सयौँमध्ये एक पीडित हुन् । उनले ब्रिटिस आर्मीमा कार्यरत २७ वर्षीय विशाल राईलाई सामाजिक सञ्जालमा भेटिन् जसले नेपालको बैङ्कमा पैसा डिपोजिट गरिदिए यूकेमा पाउण्ड दिने विज्ञापन गरिरहेको थियो । ती विद्यार्थीले विश्वास गरेर यूनीको अर्जेन्ट फि तिर्न विशाललाई सम्पर्क गरिन् । उसले भने अनुसार नेपालमा दुई लाख रुपैयाँ पनि डिपोजिट गर्न लगाइन् । नेपालमा पैसा हालेपछि यता पाउण्ड माग्दा विशालले आलटाल गर्न थाल्यो । २(४ दिन छैन,…
Read More
डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै कालोमोसो

डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै कालोमोसो

काठमाडौँ ।- क्रान्तिकारी युवा संगठन नेपालले उद्योग विकास संस्थान ९डीडीसी० का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो दलेका छन् । शुक्रवार क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कार्यकक्षमै कालोमोसो दलेको हो । झाले डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त गरेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए । कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ ।  
Read More
प्रहरी हवल्दार जंगलमा मृत भेटिए

प्रहरी हवल्दार जंगलमा मृत भेटिए

रुपन्देही- डडेलधुरामा कार्यरत नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।   प्रहरीले भेट्दा शव सडिसकेको अवस्थामा रहेको पण्डितले बताए । ‘उनी काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिन्छ’, पण्डितले भने । ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको छ ।   ‘उनको मानसिक अवस्था ठीक रहेनछ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन् । जंगलमा खान नपाएर पनि मृत्यु भएको हुनसक्छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ’, पण्डितले बताए…
Read More
बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

बझाङ- बझाङको थलारा गाउँपालिकास्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा एक सय ५३ जनाले ज्यान गुमाएका थिए
Read More
गण्डकी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा

गण्डकी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा

पोखरा- गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा भोलि फागुन ४ गते सार्वजनिक बिदा हुने भएको छ। मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण ढकालले जानकारी दिए । प्रदेश सरकार स्थापना दिवसमा प्रदेश सरकारले प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायतका कार्यक्रम गर्दैै आएको छ।
Read More
अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीयको उद्धार

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीयको उद्धार

काठमाडौं- अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले उद्धार गरेको छ । बन्धक बनाइएका ११ जनाभारतीय नागरिक हुन् । । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनले भने, “हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण  सार्वजनिक गरिने छ।”
Read More
जीप दुर्घटनामा आठ जनाको मृत्यु

जीप दुर्घटनामा आठ जनाको मृत्यु

पाल्पा- पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। तिनाउँ गाउँपालिका–६ स्थित मस्याममा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए। मृतकको पहिचान हुन सकेको छैन भने घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। डुम्रेबाट कुसुमखोलातर्फ गइरहेको जीप आज साँझ दुर्घटना भएको हो।
Read More
देशका केही पालिकाहरुमा आज सार्वजनिक बिदा

देशका केही पालिकाहरुमा आज सार्वजनिक बिदा

काठमाडौ- माओवादी नेतृत्वमा रहेका केही पालिकाहरूले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। आज फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह थालनी गरेको दिनको सम्झनामा रुकुम पूर्व र पश्चिमका ७ वटा स्थानीय तहले सार्वजनिक दिएका छन्। नेकप माओवादी केन्द्रको नेतृत्वमा रहेका पालिकाहरूमा बिदा दिइएको हो। रुकुम पूर्वका पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका तथा पश्चिमका चौरजहारी र आठविसकोट नगरपालिका एवं सानीभेरी र त्रिवेणी गाउँपालिकाले सूचना जारी गरेर बिदा दिएका हुन्। यी स्थानीय तहले बिदामात्रै नभएर आज विभिन्न कार्यक्रम समेत गरेर ुजनयुद्ध दिवस’मनाउने भएका छन्। देशका अन्य पालिकाहरुले पनि आज सार्वजनिक बिदा दिएका छन्। कालिकोटका रास्कोट, खाँडाचक्र, महाबै,…
Read More
फागुन १ गते सार्वजनिक बिदा नहुने

फागुन १ गते सार्वजनिक बिदा नहुने

काठमाडौं- गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहने जनाएको छ। मन्त्रालयले सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार वार्षिक बिदा सूचीमा रहेको फागुन १ को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो। मन्त्रालयले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाएको हो । यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो। तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो।
Read More
चितवनको सौराहामा १८औं फुड फेष्टिबल सुरु

चितवनको सौराहामा १८औं फुड फेष्टिबल सुरु

चितवन - चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि प्रणय दिबस लक्षित १८औं सौराहा फूड फेस्टिबल सुरु भएकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना गरेकाे साे फेस्टिवलकाे प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गरेका छन् ।   साे अबसरमा उनले साैराहाकाे पर्यटन विकासमा सरकारले ध्यान नदिएकाे बताएका छन् । सांसद ढकालले साैराहाकाे पर्यटनलाई उद्योगकाे मान्यता र पर्यटन बाेर्डकाे कार्यालय स्थापनाका लागि आफूले एक बर्षदेखि प्रयास गरिरहेकाे बताए । उनले राज्य साैराहाप्रति जिम्मेवार नभएकाे बताए । कार्यक्रमान बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद कृष्णप्रसाद खनालले निकुञ्ज ऐन लामाे समय देखि परिमार्जन हुन नसक्दा निकुञ्ज र मानिस बीच अविश्वासकाे खाडल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.