आज मितिः २०८३ असार ३ गते

आज तीन दलले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

काठमाडौं-

 

थप तीन दल (जनमत, जसपा र राप्रपा)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेका छन्। बिहीबार दलहरुले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे निर्णय लिएका हुन्।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बिहीबार बसेको पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए। प्रतिनिधि सभामा जनमतका छ सांसद छन्। जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ। सो पार्टीको बिहीबार भएको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

साथै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ। बिहीबार बसेको संसदीय दलको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ुप्रधानमन्त्री दाहालबाट संविधानका धारा १०० को उपधारा २ बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ प्रस्तुत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ।ु

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.