आज मितिः २०८३ असार ३ गते

समाचार

वानएक्स बेट अनलाइन, बेटिङ वेबसाइटको प्रयोग गर्ने ढुङ्गाना पक्राउ

वानएक्स बेट अनलाइन, बेटिङ वेबसाइटको प्रयोग गर्ने ढुङ्गाना पक्राउ

काठमाडौं- अनलाइन सट्टेबाजीमा संलग्न एक युवकलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरेको हो। उनले वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटको प्रयोग गरी २ अर्बभन्दा बढीको कारोबार गरेको खुलेको कार्यालयले जानकारी दिएको छ। उनले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको छ। पक्राउ परेका ढुंगाना काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ घर भई हाल भक्तपुरको सूर्यबिनायकमा बस्दै आएको प्रहरीले जनाएको छ। ढुंगानाले भारतीय परिचयपत्र समेत बनाएको पाइएको छ। उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, प्यान कार्ड, दिल्ली मेट्रो कार्डसमेत बनाएको पाइएको हो। उनको साथबाट एचडीएफसी…
Read More
आज देशका यी स्थानमा हुनेछ बर्षा

आज देशका यी स्थानमा हुनेछ बर्षा

काठमाडौं- हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्का वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको…
Read More
आज देशभर वर्षा हुने

आज देशभर वर्षा हुने

काठमाडौं- आज आइतबार देशका अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। शनिबार लुम्बिनी, कर्णाली, गण्डकी प्रदेशलगायत स्थानमा वर्षा भएको थियो। हिजोको तुलनामा आज आइतबार वर्षाको सम्भावना बढी छ। आइतबार कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
Read More
आज सबै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज सबै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।   दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा साथै बाँकी तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।   राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा साथै बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  
Read More
आज आमा पुज्ने औँसी, मातातीर्थमा स्नान पूजा गर्दै आमाको मुख हेर्दै

आज आमा पुज्ने औँसी, मातातीर्थमा स्नान पूजा गर्दै आमाको मुख हेर्दै

काठमाण्डौ – वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन। नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ।   दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ।   छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खानेकुरा खुवाउने, लुगाफाटोलगायत उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने परम्परा छ। आमा नभएकाले भने तर्पण वा श्राद्ध गरेर उनको सम्झना गर्छन्। दूधको भारा तिर्न साह्रै कठिन हुन्छ भन्ने मान्यता छ। ‘कुपुत्रो जायते क्वचदपि कुमाता नभवति’ अर्थात् सन्तान खराब बन्न सक्छन् तर आमा छोराछोरीका लागि खराब कहिल्यै हुन सक्दिनन् भन्ने मान्यता छ। महाभारतको वन…
Read More
स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

काठमाण्डौं- नुवाकोटको बेलकोटगढी, ८ शिरखालीमा मंगलबार स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। देवीघाटबाट काशीटारतर्फ जाँदै गरेको अर्किड एकेडेमी नुवाकोटको बा ३ ख ३७२२ नम्बरको स्कुल बस र सोही दिशामा जाँदैको वाग्मती प्रदेश ०२-०४६प १५२९ र वाग्मती प्रदेश ०२-०४४प ३६९२ नम्बरको मोटरसाइकल बेलुकी ५ बजेतिर घुम्तीमा ठोक्दिँदा दुई युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा काठमाडौं बस्ने २७ वर्षीय रुविन रावल र ललितपुर बस्ने २६ वर्षीय स्वीकार रानाको मृत्यु भएको हो।  
Read More
परीक्षा सञ्चालन र नतिजा सार्वजनिक तोकिएको समयमा गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सञ्चालन र नतिजा सार्वजनिक तोकिएको समयमा गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएकी छन्। त्रिविद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले वार्षिक कार्यतालिका निर्धारण गर्न र सोहीअनुसार काम गर्न निर्देशन दिएकी हुन्। त्रिविबाट समकक्षता लिने र ट्रान्सक्रिप्ट लिनेलगायतका विषयलाई सहज बनाउन पनि विश्वविद्यालय प्रशासनलाई उहाँले निर्देशन दिनुभएको छ। त्यस्तै, त्रिविको जग्गा अतिक्रमण भएको विषयमा उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने पनि शिक्षामन्त्री श्रेष्ठले बताइन्। त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बरालले त्रिविको पुनःसंरचना प्रक्रिया अगाडि बढाइने जानकारी दिए। ‘सरकारको शिक्षा नीति, २०७६ र त्रिभुवन विश्वविद्यालयको भिजन, २०३० मा पनि विश्वविद्यालयको पुनःसंरचनाको विषय उल्लेख भएको…
Read More
गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् । गण्डकी प्रदेशसभाको आईतबारको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि गरेको प्रस्ताव बहुमतले पारित भएको गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले घोषणा गरेका हुन्। बैठकमा मुख्यमन्त्री अधिकारीले गरेको विश्वासको मतको प्रस्तावमा ३० मत परेको छ भने विपक्षमा २७ र तटस्थ दुई मत रहेको छ । विश्वासको पक्षमा नेकपा एमालेका २२, नेकपा माओवादीका सात र स्वतन्त्र प्रदेशसभा सदस्य एक जनाले मत दिएका छन्। विपक्षमा नेपाली कांग्रेसका २७ जना प्रदेशसभा सदस्यले मत दिएका छन्। मत विभाजनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईजना सदस्य तटस्थ बसे। सर्वोच्च अदालतको आदेशलाई आधार मान्दै ३० मतलाई बहुमत…
Read More
भोली सोमबार बागमतीमा सार्वजनिक बिदा

भोली सोमबार बागमतीमा सार्वजनिक बिदा

काठमाडौं- बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ। नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा सार्वजनिक बिदा दिइएको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाले सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ।   प्रदेश सरकारका सचिव पूर्ण बहादुर दर्जीले यसबारे जानकारी गराउँदै सूचना प्रकाशन गरिएको बताएका छन्।  
Read More
मालपोत कार्यालयमा आगलागी

मालपोत कार्यालयमा आगलागी

सुर्खेत- सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ । वीरेन्द्रनगर–७, स्थित मालपोत कार्यालयको स्टोर रुममा आगलागी भएको हो ।   आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टीलको २५ कुर्सी, दुई वटा स्टीलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । एक्कासी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.