आज मितिः २०८३ असार ३ गते

समाचार

चितवनको राप्ती नगरपालिकाका मेयर लामामाथि आक्रमण

चितवनको राप्ती नगरपालिकाका मेयर लामामाथि आक्रमण

चितवन - चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामामाथि आक्रमण भएको छ । अज्ञात समूहले आइतबार राति उनी सवार सरकारी गाडी तोडफोड गर्दै आक्रमण प्रयास गरेका हुन । उनि नगरपालिकाको काम सकेर घरतर्फ फर्किने क्रममा बुद्धशान्ति मावि नजिक मेयर लामाको गाडीका ढुङगा प्रहार भएको प्रहरीले जनाएको छ । मेयर लामाको बा २ झ ३६६६ नम्बरको सेतो स्कार्पियोमा उनिहरुले आक्रमण गरेका हुन । मेयर लामाको गाडीको पछाडिको सिसा फुटेको छ । मेयर लामालाई भौतिक चोटपटक भने लागेको छैन । नगरपालिकाको कामकै सिलसिलामा गड्यौली पुगेर फर्किंंदै गर्दा एक्कासि गाडीमा आक्रमण भएको र ढुङगाले गाडीको पछाडि लागेर ज्यान जोगिएको मेयर लामाले बताए। घटनालगत्तै इलाका…
Read More
चाँदीका गहनासहित तीन जना पक्राउ

चाँदीका गहनासहित तीन जना पक्राउ

काठमाडौं-   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ। चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साका ३४ वर्षीय श्रवणप्रसाद कानुलाई पक्राउ गरिएको सिआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। काठमाडौँको सानो गौचरनस्थित अटो सर्भिसेज प्रालिको अटो वर्कशपभित्र रोकी राखेको अवस्थामा भारतीय नम्बरको बिआर ०६ यु ९०५३ नम्बरको कार चेक गर्दा उक्त कारको डिकीमा लुकाईछिपाई राखेको अवस्थामा सो परिणामको चाँदीको गरगहना बरामद गरेको थियो। सिआइबीले अवैध चाँदीका गहना र सोको भण्डारण र बिक्री वितरणमा संलग्नलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको…
Read More
भारतको मेघालयमा ४ नेपालीको विभत्स हत्या

भारतको मेघालयमा ४ नेपालीको विभत्स हत्या

काठमाडौं- भारतको मेघालयमा ४ नेपालीको हत्या भएको छ । उनीहरुको विभत्स ढंगले हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले शनिबार जनाएका छन् । मेघालयको कोइलाखानीमा काम गर्ने गएका उनीहरुको हत्या भएको र मृतकको हातखुट्टा समेत बाँधिएको अवस्थामा शव फेला परेको समाचारमा उल्लेख छ ।   मेघालयको पूर्वी जैन्तिया हिल्सस्थित उम्प्लेङ बजार पछाडि चार शव फेला परेको थियो भने घटनाको जानकारी लगत्तै स्थानीय प्रहरीले अनुसन्धान सुरु गरेको छ । हाल, शवहरू स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ । भारतीय प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन ।      
Read More
आज र भोलि पनि भारी बर्षा

आज र भोलि पनि भारी बर्षा

काठमाडौं-   जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा पानी परिरहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।   महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरु, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशका एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक(दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ। आइतबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।…
Read More
शनिबार बेलुकासम्म बाढीपहिरोमा ८ जनाको मृत्यु, ५ जना बेपत्ता

शनिबार बेलुकासम्म बाढीपहिरोमा ८ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौं-   शनिबार बेलुका ९ बजेसम्म मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । काठमाडौं, काभ्रे तथा स्याड्जामा उनीहरुको मृत्यु भएको हो। पहिरोमा ५ जना बेपत्ता छन्। कतिपय स्थानमा वर्षा नरोकिएकाले जनधनको क्षति अझै हुन सक्ने प्रहरीको अनुमान छ। मौसम विज्ञान विभागले सोमबारसम्म वर्षा हुने अनुमान गरेको छ। काभ्रेको रोशी गाउॅपालिका( ११ मा भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी( ११ भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर छन् । उनीहरु फुपू भदैनी हुन् । खोला तर्ने क्रममा बगेका उनीहरुको शव ९००…
Read More
पत्रकार महासंघको निर्वाचन स्थगित

पत्रकार महासंघको निर्वाचन स्थगित

काठमाण्डौं-   पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । नेपाल पत्रकार महासंघको असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो। महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै आज हुने भनिएको निर्वाचन स्थगित भएको जनाएको हो। सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ।    
Read More
देशभर मनसुनी वायुको प्रभाव, भइरहेछ वर्षा

देशभर मनसुनी वायुको प्रभाव, भइरहेछ वर्षा

काठमाडौ‌-   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ। यसका कारण देशका धेरै स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान देशभर साधारणदेखि पूर्णतया बदली छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना…
Read More
आइतबारसम्म देशभर हल्कादेखि भारी वर्षाको सम्भावना

आइतबारसम्म देशभर हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी आईतबारसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ। विहिबार मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको छ। सो न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने…
Read More
फैलियो डेंगु संक्रमण

फैलियो डेंगु संक्रमण

काठमाडौं- दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण बढ्न थालेको छ। हाल डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको जानकारी दिए। मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ। सबभन्दा बढी काठमाडौँमा एक सय ५९ जनामा डेंगु देखिएको छ। झापामा एक सय २० र चितवनमा ८३ जनामा…
Read More
अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपा महामन्त्री ढकाल निलम्बित

अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपा महामन्त्री ढकाल निलम्बित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा। मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।   महामन्त्री ढकालमाथि लिनुपर्ने कारवाही तथा असहज परिस्थितिको निराकरणका लागि आकस्मिक रुपमा अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटालाई आमन्त्रण गरेर परामर्श गरिएको झाले बताए। महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७  क र ९ख तथा धारा ५६९१० तथा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.