सिमलताल दुर्घटनामा ६२ जनामध्ये हिजोसम्म १८ जनाको शव फेला
चितवन- सिमलताल दुर्घटनामा परी बेपत्ता भएका ६२ जना यात्रुमध्ये हिजोसम्म १८ जनाको शव फेला परेको छ । तीन पुरुष र एक महिलाको शव हिजोमात्र फेला परेको हो । मंगलबार नवलपरासीको मध्यविन्दु–२ भुताहामा एक, गैंडाकोट नगरपालिका–१० मा दुई वटा र विनयी त्रिवेणी गाउँपालिका–७ गण्डक व्यारेजको पुलमा एउटा शव भेटिएको हो । हालसम्म १८ जना यात्रुको शव फेला परिसकेको छ । घटनास्थलबाट करिब १०३ किमी तल गण्डक व्यारेजसम्म पनि यात्रुका शव भेटिएका छन् । फेला परेका १८ शवमध्ये नौ वटा शवको मात्रै सनाखत भएको छ । सनाखत भएको शव तीन भारतीय र छ नेपाली यात्रुको भएको खुलेको छ । गत…