आज मितिः २०८३ असार २ गते

मुख्य समाचार

रत्ननगर ९ को शुभकामना आदानप्रदान तथा सार्वजनिक सुनुवाई सम्पन्न

रत्ननगर ९ को शुभकामना आदानप्रदान तथा सार्वजनिक सुनुवाई सम्पन्न

१३ कार्तिक, रत्ननगर । रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले आज शुभकामना आदान प्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वडाध्यक्ष अनन्त अधिकारीले आर्थिक बर्ष २०८०/८१ मा वडाले सम्पन्न गरेको विकास निर्माण लगायत अन्य कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी रत्ननगर नगरपालिका साविक ७ नम्बर संस्थापक वडाध्यक्ष तथा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष माधव प्रसाद अर्यालले बिकास निर्माणको क्षेत्रमा सम्बन्धित सम्पूर्ण पक्षहरु जिम्वेवार भए मात्र लक्ष्य हासिल हुने बताउनुभयो । वडाले शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाकलाप, वालवालिका तथा मानसिक स्वास्थ्य समन्वयमा महत्वपुर्ण भूमिका निर्वाह गरेको अर्यालको भनाई थियो । उंहाले भन्नुभयो "विकास…
Read More
अण्डाको मूल्य वृद्धिपछि किसानलाई राहत

अण्डाको मूल्य वृद्धिपछि किसानलाई राहत

चितवन : गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएका हुन् ।नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार सोमबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु पाँच सय, मध्यम रु चार सय ८५ र ‘एक्सएल’ रु पाँच सय १५ कायम गरिएको छ । यसअघि गत साउन मसान्तमा यही दररेटमा अण्डा बिक्री भएकामा क्रमशः घटेर ठूलो अण्डा रु तीन सय ६०, मध्यम रु तीन सय र एक्सएल रु तीन सय ७५ मा झरेको थियो ।विगत…
Read More
स्काइराइडरमा कक्षा १२ मा उतीर्ण विद्यार्थीलाई पुरस्कार हस्तान्तरण

स्काइराइडरमा कक्षा १२ मा उतीर्ण विद्यार्थीलाई पुरस्कार हस्तान्तरण

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रहेको स्काइराइडर आवासीय माविले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार तथा उर्तिण भएका विद्यार्थीलाई सम्मान साथै विदाई गरेको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सर्वोत्कृष्ट अंक ल्याउने पुजग डल्लाकोटी र अनिस भट्ट, उत्कृष्ट अंक ल्याउने निभा श्रेष्ठ र राज अर्याललाई सम्मान सहित पुरस्कृत र उर्तिण भएका अन्य विद्यार्थीलाई सम्मान सहित विदाई गरिएको विद्यालयका प्राचार्य मदन पुरीले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगरका मेयर प्रलाद सापकोटा र प्राचार्य पुरीले डल्लाकोटी र भट्टलाई जनही नगद रु ३५ हजार तथा श्रेष्ठ र अर्याललाई जनही रु १० हजार पुरस्कार सहित सम्मान गरेका थिए…
Read More
बछौलीमा आयोजित स्वास्थ्य शिविरमा ४ सय १५ जनाको स्वास्थ्य परीक्षण

बछौलीमा आयोजित स्वास्थ्य शिविरमा ४ सय १५ जनाको स्वास्थ्य परीक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ बछौलीमा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय १५ जनाको उपचार गरिएको छ । ग्रिन सोसाइटी नेपाल र ग्रिन सोसाइटी पब्लिक स्कुलले सयुक्त रुपमा आयोजना गरिएको शिविरमा २२९ जनाको आँखाको उपचार सहित ४१५ जनाले स्वास्थ्य सेवा लिएको ग्रिन सोसाइटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिए । बाढी प्रभावित समुदाय र विपन्न समुदायको स्वास्थ्य रक्षाको लागि ग्रिन सोसाइटी नेपालको भवनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उनले जानकारी दिए । शिविरमा विशेषज्ञ डाक्टरहरुबाट आँखा, नाककान घाँटी, बाल रोग,छाला तथा जनरल फिनिसियन रोगको उपचार गरिएको थियो । शिविरमा उपचार गराएका विरामीहरुलाई निःशुल्क औषधि…
Read More
बोन म्यारो ब्लड क्यान्सर पिडीत विवेक सिम्खडालाई सहयोग रकम हस्तान्तरण

बोन म्यारो ब्लड क्यान्सर पिडीत विवेक सिम्खडालाई सहयोग रकम हस्तान्तरण

कालिका नगरपालिका वडा नं. ०६ बोन म्यारो ब्लड क्यान्सर पिडीत १८ वर्षिय विवेक सिम्खडाको उपचारको लागि संकलित रकम हस्तान्तरण गरिएको छ। कालिका नगरपालिका वडा नं. ०६ लालचोक निवासि १८ वर्षिय विवेक सिम्खडा विगत ३ महिना देखि  बोन म्यारो ब्लड क्यान्सर (Stage 2 Acute Leukemia) बाट पीडित लाई कार्तिक ०४ गते उहाँकै निवासमा सहयोग रकम हस्तान्तरण गरिएको हो । भरतपुर १२ मा रहेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल विभिन्न १२ देशसँग आबद्ध रहि चितवन वासिहरुलाई विभिन्न माध्यमद्धारा आर्थिक तथा भौतिक रुपमा सक्दो सहयोग गर्दै आएको छ । विदेशमा अलपत्र अवश्थामा रहेका नेपालीहरु वा नेपाल आउन नसकेका शवहरुलाई यस समाजबाट…
Read More
धादिङको झ्याप्ले खोलाकाे पहिराेमा पुरिएका मध्ये २४ शव निकालियाे

धादिङको झ्याप्ले खोलाकाे पहिराेमा पुरिएका मध्ये २४ शव निकालियाे

  धादिङको झ्याप्ले खोलाबाट अहिलेसम्म पहिराेले पुरिएका २४ जनाकाे शव निकालिएकाे छ । झ्याप्ले खोलाको पहिरोबाट आज मात्र १० वटा शव निकालिएको छ भने चितवनबाट आएको बा.३ज १३४५ नम्बरको गाडीबाट हिजो १४ वटा शव निकालिएको थियो । धादिङको धुनिबेँसी नगरपालिका– ९ स्थित झ्याप्ले खोलामा शनिबार आएको पहिरोमा परेर गाडीसहित यात्रु पहिरोमा पुरिएका थिए  । अवरुद्ध सडक हटाउने क्रममा सुरक्षाकर्मीले सबैलाई मृत अवस्थामा फेला पारेका हुन् । नागढुंगादेखि झ्याप्ले खोलासम्म मात्रै १० भन्दा धेरै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । झ्याप्ले खोला क्षेत्रमै अझै दुईवटा टुरिस्ट बस, एक विंगर भ्यान र एक मिनीबस पुरिएको अवस्थामा छन् । पहिरो खस्ने क्रम रोकिएकाले अहिले  सुरक्षाकर्मीको टोली…
Read More
रवि लामिछाने सहकारीको रकम अपचलनमा जोडिएको ठहर

रवि लामिछाने सहकारीको रकम अपचलनमा जोडिएको ठहर

  काठमाडौँ । चितवनका जनताले ठूलो आश गरेर २/२ पटक संघिय संसदमा भारी मतले विजयी बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको छानविन समितिले ठहर गरेको छ । उनले यसअघि कान्तिपुर दैनिकले सहकारीको ऋणका विषयमा आफ्नो नाम मुछेर समाचार प्रकाशन गरेकोप्रति गाली बेइज्जती मुद्दा दर्ता गराएको पर्चा सामाजिक सञ्जालमा राख्दै भनेका थिए, “मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन ।” नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन आजै सदस्यहरूले…
Read More
६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्डको सहयोग सिद्धी चेपाङ्ग छात्रावासलाई

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्डको सहयोग सिद्धी चेपाङ्ग छात्रावासलाई

६० औँ राष्ट्रिय बालदिवसमा ग्रीनल्याण्ड पब्लिक स्कुलले कालिका नगरपालिका १० मा रहेको सिद्धी चेपाङ्ग छात्रावासका रहेको ६५ जना बालबालिकालाई स्टेसनरी , हेल्थकिट र खाद्यन्न सामान प्रदान गरि सहयोग गरेको छ । ग्रीनल्याण्ड पब्लिक स्कुलका प्रधानाध्यापक इन्दिरा पन्त कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि ग्रीनल्याण्ड पब्लिक स्कुलका सह प्राचार्य उपेन्द्र आचार्य ,अतिथिमा  सिद्धि चेपाङ छात्रावासका संचालक भरत चेपाङ्ग , सामाजिक अभियान्ता ज्ञानेन्द्र राज पाण्डे ,ग्रीनल्याण्ड इको क्लबका संयोजक मनोज खड्का,शिक्षक कृष्ण कार्की,तह प्रमुख सुनिता रेग्मी,शिक्षक दिलिप चालिसे सहित स्कुलका २५ जना बालबालिकाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रधानाध्यापक इन्दिरा पन्त कार्कीले सिद्धी चेपाङ छात्राबासका संचालक भरत चेपाङ्गले पढ्न नपाएका चेपाङ्गका…
Read More
वीर अस्पतालका डाक्टरको लापरवाहीले पेटको अप्रेसन गर्नुपर्ने जुम्लाका समालको खुट्टाको नसा काटियो

वीर अस्पतालका डाक्टरको लापरवाहीले पेटको अप्रेसन गर्नुपर्ने जुम्लाका समालको खुट्टाको नसा काटियो

जुम्ला/ जुम्लाको तातोपानी गाउँपालिका–४ नियापानीका ५२ वर्षीय चित्रप्रसाद समाललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पेटको तल्लो भागमा ट्युमर भएको आशंका गरी ग्यास्ट्रोसर्जरी विभाग वीर अस्पताल काठमाडौंमा रिफर गर्यो । वीर अस्पतालको ग्यास्ट्रोसर्जरी विभागका डाक्टरको सल्लाहअनुसार करिब दुई सातासम्म विभिन्न परीक्षण सिटी स्क्यान, कोलोनोस्कोपी, एक्स–रे, रक्त परीक्षण, अल्ट्रासाउन्डलगायत सम्पूर्ण जाँच गराइयो । परीक्षणपछि रिपोर्ट हेरेर पेटको साइडमा सानो आन्द्राको पर्खालसँग जोडिएको सामान्य प्रकारको ट्युमर क्यान्सरको संकेत हुन सक्ने र शल्यक्रिया गरेर ट्युमर हटाउने बताइयो । गत साउन २३ गते वीर अस्पतालका डा। निरज बनेपालीको टिमले सुरुमा पेटको शल्यक्रिया गरेर टिउमर हटाउने भनेर अपरेशन गरियो त्यसपछि अपरेशन रुममा गएको ४ घण्टापछि हामिले सोचे…
Read More
दोश्रो चितवन गोल्डकप अशोज ३ देखि १२ गते सम्म , मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट।

दोश्रो चितवन गोल्डकप अशोज ३ देखि १२ गते सम्म , मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट।

चितवन । भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा असोज ३ गतेदेखि १२ गते सम्म हुने दोश्रो संस्करणको चितवन गोल्डकपको प्रायोजन गोल्डेन ईमिनेन्टले गर्ने भएको छ । आज बिहीबार आयोजक बिएफसी र गोल्डेन ईमिनेन्टबीच मुख्य प्रायोजनको सम्झौता भएको हो । सम्झौता पत्रमा क्लबका तर्फबाट संयोजक धुर्व भुसाल र गोल्डेन ईमिनेन्टका तर्फबाट प्रवन्ध निर्देशक प्रकाश रिजालले हस्ताक्षर गरेका हुन् । प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिता संयोजक धुर्व भुसालका अनुसार ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरु सहित मफोसलका चर्चित क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी टिमको नाम केही दिनमा सार्वजनिक गरिने भुसालले बताए । प्रतियोगिताका खेलहरु नेपाल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.