आज मितिः २०८३ बैशाख ९ गते

भरतपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन : भरतपुर महानगरपालिका–१ रामनगरमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।सोमवार साँझ ६ः२० बजेको समयमा मुग्लिङबाट आउँदै गरेको बा ३ ख ९०७६ नम्बरको बसले रामनगरको परेवाश्वरी पेट्रोल पम्प अगाडि बिपरीत दिशाबाट जाँदै गरेको ना ५९ प १७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइते भएका भरतपुर–१४ बस्ने ५४ वर्षीय धनप्रसाद भट्टको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भट्टलाई चिकित्सकले सोमवार साँझ ६ः५० बजे मृत घोषणा गरेका हुन् ।दुवै सवारी साधन र बस चालक राप्ती नगरपालिका–२ गडौली बस्ने ३६ वर्षीय काजी बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.