आज मितिः २०८३ आश्विन ९ गते

ब्रेकिङ न्यूज

महाशाखाका अनुसार आज चार प्रदेशमा चट्यांगसहित वर्षाको सम्भावना

महाशाखाका अनुसार आज चार प्रदेशमा चट्यांगसहित वर्षाको सम्भावना

काठमाडौं-   हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र मधेस प्रदेशलगायत देशका पहाडी भ–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने जनाएको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका…
Read More
कसैले कसैको पनि कुभलो नचिताओस्- पूर्वराजा ज्ञानेन्द्र शाह

कसैले कसैको पनि कुभलो नचिताओस्- पूर्वराजा ज्ञानेन्द्र शाह

गोरखा पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन्। शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन्। उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए। उनले भने, ुअहिले देशमा शान्ति चाहिएको छ। कसैले कसैको पनि कुभलो नचिताओस्। भलो चिताओस्। केही खराब नचिताओस् भन्ने मेरो कामना छ।’ उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको सुनाए। ‘गोरखा आएर मलाई खुसी लाग्यो। आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो,’ पूर्वराजा शाहले भने। उनले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताए। कोही…
Read More
बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च

बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च

बागमती-   बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ। प्रदेश सरकारले चालु आव २०८१र८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्दराज सन्यालका अनुसार चालु आवका लागि प्रदेश सरकारले रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा आठ महिना सकिँदा रु १० अर्ब ५० करोड २९ लाख नौ हजार खर्च भएको छ। बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ। सो अवधिमा चालुतर्फ ३५ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १९ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ। विनियोजित…
Read More
सिंगापुरविरुद्ध ऐतिहासिक जित, दर्शकमा छायो खुसी

सिंगापुरविरुद्ध ऐतिहासिक जित, दर्शकमा छायो खुसी

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १/० ले हरायो । नेपाल र सिंगापुरको खेल हेर्न स्टेडियममानेपाली दर्शकहरुको उपस्थिति थियो । नेपालले जित्दा सिंगापुरमा रहेका नेपाली समर्थकहरू खुशीमा रमे । नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे ।  
Read More
दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा गाउँपालिकाका अध्यक्ष, पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेतालाई प्रहरीको नियन्त्रणमा

दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा गाउँपालिकाका अध्यक्ष, पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेतालाई प्रहरीको नियन्त्रणमा

सिरहा- सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यका अनुसार उनीहरूसँग सोधपुछ भइरहेको छ । पीडितबाट जाहेरी आएपछि उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायव महानिरीक्षक आचार्यले बताए । आउँदो चैत १७ गतेदेखि महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिकको घर गत फागुन १० गते भत्काइएको थियो । घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ गएका थिए । घर भत्काएपछि उक्त घरले…
Read More
आज केही जिल्लामा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने

आज केही जिल्लामा हल्का वर्षा, भोलिदेखि पश्चिमबाट मौसम सुधार हुने

काठमाडौं- चितवनसहित गण्डकी प्रदेशका केही जिल्लामा मध्यम वर्षा र काठमाण्डौसहित अरु ठाउँमा फाट्टफुट्ट पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश र पूर्वका केही ठाउँमा अहिले पनि मेघगर्जन र चट्याङसहित फाट्टफुट्ट पानी परेको छ । आज दिउँसो र बेलुकीपख पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलिदेखि पश्चिमबाट मौसम सुधार हुनेछ । भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई क्षेत्रसहित मधेश प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  
Read More
विभिन्न क्षेत्रमा आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

विभिन्न क्षेत्रमा आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

काठमाडौं -   गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ आगलागीबाट १४६ पशुचौपाय मरेका छन् घटनापछि ३८ परिवार विस्थापित भएका छन् आगलागीबाट ४० करोड ४८ लाख बराबरको क्षति भएको छ विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन…
Read More
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घले, महाधिवेशनका लागि मध्यपूर्व र युरोपको दौडाहामा

एनआरएनए उच्चस्तरीय समितिका संयोजक घले, महाधिवेशनका लागि मध्यपूर्व र युरोपको दौडाहामा

काठमाडौँ-   गैरआवासीय नेपाली संघ ९एनआरएनए०को एकता महाधिवेशनका लागि उच्चस्तरीय समितिका संयोजक शेष घलेसहितका अभियन्ताहरूले थप सक्रियता बढाएका छन् । अब एकता महाधिवेशनका लागि नै घलेसहितका अभियन्ताहरू मध्यपूर्व र युरोपका विभिन्न देशमा पुग्ने भएका हुन् । जसअनुसार घले मार्च २१ मा यूएई पुग्नेछन् । त्यहाँ आवश्यक छलफलपछि उनी युरोपका विभिन्न देश पुग्नेछन् । त्यहाँबाट उनी बेलायत पुग्नेछन् । बेलायतमा एनआरएनए बेलायतको एकता अधिवेशनमा सहभागी हुनेछन् । एनआरएनए बेलायतको एकता अधिवेशन मार्च २३ मा तय भएको छ । त्यहाँको कार्यक्रम सकेर उनी मार्च २४ मा बेल्जियम पुग्नेछन् । यसैगरी मार्च २५ मा पोर्चुगल, मार्च २६ मा डेनमार्क पुग्नेछन् भने मार्च २७…
Read More
एनआरएनएको चुनाव गराउने जिम्मा घिमिरे नेतृत्वको समितिलाई

एनआरएनएको चुनाव गराउने जिम्मा घिमिरे नेतृत्वको समितिलाई

काठमाडौँ-   सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवानिवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त छन्। घिमिरे डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्व अध्यक्ष हुन्। बेलायतमा बसोबास गर्ने घले हाल पोखरामा व्यवसाय सञ्चालन गरिरहेका छन्। अधिवक्ता आशिष उप्रेती युवा कानुन व्यवसायी हुन्। ‘लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली सङ्घलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग…
Read More
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ-   जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र मधेस प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ । त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.