काठमाडौं –
नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १/० ले हरायो ।
नेपाल र सिंगापुरको खेल हेर्न स्टेडियममानेपाली दर्शकहरुको उपस्थिति थियो । नेपालले जित्दा सिंगापुरमा रहेका नेपाली समर्थकहरू खुशीमा रमे ।
नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे ।