आज मितिः २०८३ बैशाख १३ गते

ब्रेकिङ न्यूज

पूर्वी चितवन कृषि सहकारीको साधारण सभा : शुभकदम गोल्ड चियापत्तीको बजारिकरणमा जोड

पूर्वी चितवन कृषि सहकारीको साधारण सभा : शुभकदम गोल्ड चियापत्तीको बजारिकरणमा जोड

रत्ननगर । रत्ननगर वडा नं १३ स्थित पूर्वी चितवन कृषि सहकारी संस्थाको पाँचौं बार्षिक साधारण सभा शनिबार गरिएको छ । वडाअध्यक्ष पोट बहादुर घिमिरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा सचिव दुर्गाकुमारी भट्टराईले प्रगति प्रतिवेदन, लेखा समिति संयोजक रामचन्द्र कोइरालाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अबसरमा वडाध्यक्ष घिमिरेले किसानको जीवन स्तर उकास्ने गरि लगानी गर्न आग्रह गर्दै सहकारीले गर्ने उत्पादन र बजारीकरणको काममा स्थानीय सरकारले सहयोग गर्ने बताए । संस्थाका अध्यक्ष केशबप्रसाद अर्यालले किसानहरुको बचत सुरक्षित गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गरिएको बताए । उनले पूर्वी नेपालको ईलाममा रहेको चियापत्तीलाई शुभ कदम गोल्ड मसला चियाको नाममा प्याकेजिङगरी बजारमा…
Read More
मिष्टर गुरुङ एण्ड रेस्क्यु टीमले गर्यो दुबईबाट दर्जनभन्दा बढी पिडितको उद्धार

मिष्टर गुरुङ एण्ड रेस्क्यु टीमले गर्यो दुबईबाट दर्जनभन्दा बढी पिडितको उद्धार

  दुबई- मिष्टर गुरुङले एण्ड रेस्क्यु टीमले युएइको विभिन्न क्षत्रहरूमा अलपत्र परेका एक दर्जन भन्दा बढी नेपाली पिडितहरुलाई उद्दार गरि नेपाल फर्काएको छ । कोहि कम्पनीले तलब नदिएका कोहि कम्पनि पत्ता नलगाएर बाहिर बसेका त कोहि भिजिटमा आएर काम नपाई अलपत्र परेकाहरुलाई टीमले उद्दार गरेको हो । नुवाकोट, सिराहा,सप्तरी, पर्सा, काभ्रे लगायत जिल्लाहरूबाट विभिन्न कंपनी र कामको लागि आएका उनीहरुले दुबईमा रेस्क्यू टीमको बारेमा जानकारी भएको र संपर्क गरी आएको बताए। कम्पनीले अब काम बन्द भयो तिमीहरू जाऊ भनेको र आफूहरुलाई सारजहाको एक सडकमा छोडेपछि टीमले उद्धार गरी नेपाल फर्काएको उनीहरुले बताएका हुन् । सरजाहबाट ११ जनाको एक टोली, आबुधाबीबाट…
Read More
हिमालयन एयरलाइन्सको विमान आकस्मिक अवतरण

हिमालयन एयरलाइन्सको विमान आकस्मिक अवतरण

काठमाडौँ- कुवेतबाट काठमाडौं आउँदै गरेको हिमालयन एयरको विमानमा रहेका यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको छ।   कुवेतबाट काठमाडौं आउँदै गरेको विमानमा रहेका यात्रुको स्वास्थ्यमा समस्या देखिएपछि मस्कटमा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा शेर्पाले जानकारी दिए।      
Read More
छुट्टाछुट्टै दुर्घटनामा एकै घरका तीनसहित पाँच जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा एकै घरका तीनसहित पाँच जनाको मृत्यु

बझाङ- बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा ५ जनाको ज्यान गएको छ। बझाङको तलकोट गाउँपालिका स्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जनासहित ४ जना र मष्टा गाउँपालिका( १ कोटदेवलमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिए। बिहीबार राति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको उनले बताए। जीप सडकबाट करिब सय मिटर तल खसेको छ। जीपमा चालक थापा मात्र थिए। बिहीबार राति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आइरहेको जीप धमेना नजिक दुर्घटना…
Read More
रत्ननगर उद्योग वाणिज्य संघले राख्याे बजार क्षेत्रमा डस्टविन

रत्ननगर उद्योग वाणिज्य संघले राख्याे बजार क्षेत्रमा डस्टविन

चितवन -   रत्ननगर उद्योग वाणिज्य संघले दुई अस्पताल सहित रत्ननगरका मुख्य बजारमा डस्टविन राखेकाे छ । संघले सामाजिक उत्तरदायित्व बहन गर्दै रत्ननगर अस्पताल, आयुर्वेदिक अस्पताल सहित टाँडी बजार क्षेत्रमा डस्टविन राखेकाे हाे ।   फाेहाेर व्यवस्थापनकाे कामलाई थप प्रभावकारी बनाउनका लागि संघले स्तरीय २० वटा डस्टविन राखेकाे संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए । टाँडी बजारमा आयाेजित एक औपचारिक कार्यक्रम मेयर प्रलाद सापकाेटा, वडा नं २ का वडाध्यक्ष तथा बजार व्यवस्थापन समितिका संयाेजक राजेन्द्र घिमिरेकाे उपस्थितिका डस्टविन राखिएकाे हाे ।   कार्यक्रमका प्रमुख अतिथि मेयर सापकाेटाले स्थानीय सरकार र निजी क्षेत्र बीचकाे सहकार्यले मात्र विकास अपेक्षा पूरा हुने भन्दै…
Read More
कालिकाकाे चतुर्मुखी माविले मनायाे ६४औ बार्षिकाेत्सव

कालिकाकाे चतुर्मुखी माविले मनायाे ६४औ बार्षिकाेत्सव

  कालिका -   कालिका नगरपालिकाकाे शक्तिखाेर स्थित चतुर्मुखी माविले विहीबार ६४औ बार्षिकाेत्सव तथा अभिभावक दिवस मनाएकाे छ ।  बार्षिकाेत्सव मनाउन विद्यालय प्राङ्गढमा आयाेजित कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन तथा शैक्षिक याेजना सार्वजनिक गरिएकाे हाे ।   कालिका नगरपालिकाका मेयर विनाेद रेग्मीले उद्घाटन गरेका कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक चन्द्र बहादुर गुरुङले शिक्षामा अहिले सम्म भएकाे उपलब्धि र २१ बुँदे शैक्षिक याेजना सार्वजनिक गरेका हुन । २०१७ सालमा स्थापना भएकाे साे विद्यालयमा हाल बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएकाे छ । कुल ८६० जना विद्यार्थी  ४० प्रतिशत सीमान्तकृत चेपाङ समुदायका बालबालिका अध्यायन गर्ने सहायक प्रधानाध्यापक पूर्णबहादुर पुरीले जानकारी दिए । साे…
Read More
दुबईमा डिजाइनर तृष्णा गुरुङका र्याम्प शो साथमा नेपाली फेसनको अन्तर्राष्ट्रिय प्रस्तुति   

दुबईमा डिजाइनर तृष्णा गुरुङका र्याम्प शो साथमा नेपाली फेसनको अन्तर्राष्ट्रिय प्रस्तुति  

दुबई-   यूएईको दुबईमा आउँदो १२ जनवरी २०२५ मा पहिलो पटक नेपाली डिजाइनर तृष्णा गुरुङद्वारा डिजाइन गरिएका पहिरनमा चर्चित मोडलहरू र्याम्पमा प्रस्तुत हुने भएका छन।   दुबईको चर्ल्तोन दुबई च्रेएक होटलमा डिजाइनर गुरुङले १५ वर्ष पछि भव्य फेसन शो आयोजना गर्न लागेकी हुन। कार्यक्रममा क्लासिक ब्यान्डको लाइभ म्युजिक र साथमा गुरुङका उत्कृष्ट डिजाइनमा सजिएका मोडलहरूले र्याम्पमा प्रस्तुति दिनेछन।     यो इभेन्ट नेपाली फेसन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने कोशेढुंगा हुने विश्वास आयोजकहरूको छ। फेसन शोका लागि ंफचे ओफ ट्ग ब्रान्डंका एम्बेसेडर मिष्टर गुरुङ रहनुभएको छ भने महिला एम्बेसेडरको छनोट प्रक्रिया जारी छ। कार्यक्रममा चिफ एड भाइजरको रूपमा हेमराज मैनाली संलग्न…
Read More
चितवन रत्ननगरकी जीउदो शहीद सावित्री नेपाललाई अभिनन्दन

चितवन रत्ननगरकी जीउदो शहीद सावित्री नेपाललाई अभिनन्दन

अर्जुन बस्ताकोटी/ रत्ननगर -   क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जिउँदो शहीदको रुपमा चिनिएकी सावित्रीदेवी नेपाललाई अभिनन्दन गरेको छ । पार्टीको जिल्ला कमिटीले रत्ननगर वडा नं ३ को वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी सावित्री नेपाललाई अभिनन्दन गरिएको हो ।   माओवादी जनयुद्धमा महत्वपूर्ण भूमिका खेलेकी नेपाललाई उनको योगदानको कदर गर्दै औपाचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । सावित्री नेपालका परिवार नै माओवादी आन्दोलनमा समर्पित भएका थिए । तत्कालिन अबस्थामा लामो समय राज्यपक्षबाट बेपत्ता पारिएकी नेपाल अहिले दीर्घरोगी छन् ।   कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी बागमती प्रदेश संयोजक चन्द्रहरि सुवेदी(अटल), जिल्ला सेक्रेटरी विकास सापकोटा, क्रान्तिकारी महिला संगठनकी केन्द्रीय अध्यक्ष…
Read More
चितवन समाज युएइको बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम

चितवन समाज युएइको बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रम

दुबई- चितवन समाज युएइले अंग्रेजी नया बर्ष सन् २०२५ , तमु लोसार तथा पन्ध्र पुसको अवसर परेर बनभोज तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । आइतबार सार्वजनिक बिदाको दिन वादी अल स्वक्दम बनभोज स्थलमा ७७ जिल्लाबाट नै उपस्थितिमा कार्यक्रम गरिएको हो । हरेक बर्ष नेपाली तथा अंग्रेजी नया बर्ष तथा नेपालीहरुको महान पर्बहरुमा युएइमा रहेका नेपालीहरुलाई जमघट गराइ विभिन्न कार्यक्रम गर्दै आएको चितवन समाज युएइका अध्यक्ष  बिजय अधिकारीले बताउनु भयो ।   https://uddarnews.com/wp-content/uploads/2024/12/cyg-vedio.html विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको र प्रवासमा रहेर पनि यहाका विभिन्न सस्थासंग हातेमालो गर्दै चाडपर्बहरुमा विभिन्न कारयक्रम गर्दै आएको र अझै गर्दै जाने महासचिब दीपक सिवाकोटीले…
Read More
मेयरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मेयरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं-   काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेल साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। घुस तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा ९ करोड २२ लाख ४० हजार ३२ रूपैयाँ ३३ पैसा बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको छ। बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित हुन्। उनी नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति समेत छन्।    
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.