आज मितिः २०८३ आश्विन ८ गते

ब्रेकिङ न्यूज

श्रीलंका नेपालसंग ८-० गोलअन्तरले पराजित

श्रीलंका नेपालसंग ८-० गोलअन्तरले पराजित

काठमाडौं- एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि शानदार जित निकालेको छ । उज्वेकिस्तानमा भएको खेलमा नेपालले श्रीलंकालाई ८-० गोलअन्तरले पराजित गर्यो । नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बाले ह्याट्रिक पूरा गरिन् । उनले खेलको २० औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् ।   गीता रानाले २, पूजा राना, निशा थोकर र रेखा पौडेलले एकएक गोल गरे । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ४ गोल गर्यो । गीताले खेलको सातौं र ५४औं, पूजाले ८९औं, निशाले ६२औं र रेखाले ७८औं मिनेटमा गोल गरेका थिए ।   पहिलो खेलमा नेपालले लाओसलाई ९–०…
Read More
तीनवटा संसदीय समितिका बैठक आज बस्दै

तीनवटा संसदीय समितिका बैठक आज बस्दै

काठमाडौं- आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन्। प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन्। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ। सोही समयमा बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग प्रस्तुतीकरण र छलफल हुँदैछ। यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि विविध विषयमा छलफल आज नै हुँदैछ।
Read More
नेपालका बन्द चार उद्योग बिक्री गर्दैै सरकार

नेपालका बन्द चार उद्योग बिक्री गर्दैै सरकार

काठमाडौं - सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका चार सरकारी उद्योगको बिक्री प्रक्रिया अघि बढाएको छ । बिक्रीका लागि प्रक्रिया अघि बढाइएका उद्योगहरूमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट छन् । सरकारले यी सरकारी उद्योगको सम्पत्ति मूल्यांकन ९भ्यालुएसन०का लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । परामर्शदाता नियुक्तिपछि उद्योगको सम्पत्ति मूल्यांकन प्रक्रिया अघि बढाइने भएको छ । अर्थ मन्त्रालयले यी चार उद्योग बिक्रीका लागि आशयपत्रसमेत मागिसकेको छ । अर्थ मन्त्रालयका अनुसार सुरुमा जनकपुर चुरोट कारखानाको सम्पत्ति मूल्यांकनको आशयपत्र पेस गर्न भनिएको छ । यसका लागि २३ असारलाई तोकिएको छ । आशयपत्र पेस…
Read More
चार प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

चार प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया…
Read More
नागार्जुन नगरपालिकाका मेयर बस्नेतलाई आठ वर्ष कैद, दुई करोड बढी जरिबाना

नागार्जुन नगरपालिकाका मेयर बस्नेतलाई आठ वर्ष कैद, दुई करोड बढी जरिबाना

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार गरेको कसुरमा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित नगर प्रमुख मोहनबहादुर बस्नेतलाई ८ वर्षभन्दा बढी कैद सजाय र दुई करोड रुपैयाँभन्दा बढी जरिबाना हुने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार उक्त मुद्दामा अन्तिम सजाय निर्धारण गरेको हो। अदालतले बस्नेतसँगै व्यवसायी राजुप्रसाद कँडेल, पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिलाई पनि दोषी ठहर गर्दै कैद र जरिबाना तोकेको छ। अदालतले उनीहरूबीच नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लेनदेन भएको ठहर गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम घुस लिएको कसुरमा प्रतिवादी बस्नेत र घुस दिने कम्पनी पद्मा…
Read More
बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ। वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।    
Read More
अमेरिकी भीसामा नयाँ नियम,सामाजिक सञ्जाल अनुगमन 

अमेरिकी भीसामा नयाँ नियम,सामाजिक सञ्जाल अनुगमन 

काठमाण्डौ-   संयुक्त राज्य अमेरिकाले विदेशीका लागि भिसा सम्बन्धी नयाँ शर्तहरु तोकेको छ ।   प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय भएको दाबी गर्दै काठमाडौंस्थित अमेरिकी राजदूतावासले ‘एफ’, ‘एम’ र ‘जे’ भिसा आवेदनकर्ताले आफ्नो सामाजिक सञ्जालका व्यक्तिगत खाता खुल्ला राख्नुपर्ने बताएको छ ।     अमेरिकी अध्यागमन कानुनअनुसार एफ भिसा विद्यालय र विश्वविद्यालय अध्ययनका लागि दिइन्छ । एम भिसा व्यावसायिक शिक्षा अध्ययनका लागि दिइन्छ भने जे भिसा सांस्कृतिक आदानप्रदान कार्यक्रममा जानेलाई उपलब्ध गराइन्छ ।   अमेरिकाले पछिल्लो समय त्यहाँ जान खोज्ने सबैको सामाजिक सञ्जाल परीक्षण गर्दै आएको जनाएको छ । उसले भिसा प्राप्त गरेपछि, अमेरिका पुगेपछि वा स्वदेश फर्केपछि…
Read More
ऐतिहासिक पुर्ख्यौलि पञ्चै नौमती बाजा प्रवर्धन तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

ऐतिहासिक पुर्ख्यौलि पञ्चै नौमती बाजा प्रवर्धन तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

चितवन- नेपाली मौलिक सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले परियार एकता समाज, चितवनको आयोजनामा “ऐतिहासिक पुर्ख्यौलि पञ्चै नौमती बाजा प्रवर्धन तथा स्रस्टा सम्मान कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।   कार्यक्रमका सभापति सुरज परियारले मन्तव्य दिंदै समाजले नेपाली संस्कृति र परम्पराको संरक्षणमा निरन्तर काम गर्दै आएको र भविष्यमा अझ प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए।   कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले नौमती बाजा नेपाली संस्कृति र पहिचानको महत्वपूर्ण अङ्ग भएको बताउँदै यसको संरक्षणका लागि समाजको यस्तो पहल सराहनीय रहेको बताइन्।   विशिष्ट अतिथिका रूपमा महानगरका उप–प्रमुख चित्रसेन अधिकारी,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र सेन्ट्रल कलेजका…
Read More
भरतपुरमा यामाहाको एक्सचेन्ज मेला असार १५ देखि २० सम्म

भरतपुरमा यामाहाको एक्सचेन्ज मेला असार १५ देखि २० सम्म

भरतपुर - भरतपुरस्थित सिजी ल्याण्डमार्कको आडमा यमाहाको महाएक्सचेन्ज इभेन्ट आइतबारदेखि सुरु भएको छ । एक्सचेन्ज मेलाको चितवन अटोमोबाइल्स डिलर्स एशोसियसन (काडा)का अध्यक्ष राजन पियाले उद्घाटन गरेका हुन् । उक्त मेला असार २० गतेसम्म सञ्चालन हुने छ । महाएक्सचेन्ज इभेन्टमा विभिन्न अफर तथा सुविधाहरुको व्यवस्था गरिएको छ । नविन अटो सेन्टर नारायणगढका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्यले यमाहाको जतिसुकै पुरानो मोटरसाइकलको मूल्य न्युनतम ५० हजार रुपैयाँ कायम गरिने बताए । तर, त्यस्तो मोटरसाइकल चल्ने अवस्थाको हुनुपर्छ । अतिरिक्त मूल्य १० हजार रुपैयाँ कायम गरिएको उनले जानकारी दिए । ‘एक्सचेन्ज इभेन्टमा गेम जोन पनि राहेका छौँ । टेस्ट ड्राइभ गर्दै खेल्दा खेल…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द हुने

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द हुने

चितवन- चितवन राष्ट्रिय निकुञ्जले जीप सफारी बन्द हुने भएको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकोले सोमबारदेखि लागू हुनेगरी जंगल ड्राइभ बन्द गरेको बताएको हो । वर्षाको समय जंगली जनावरको लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा जाँदा जंगली जनावरको बासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जीप सफारी बन्द गरेको जनाएको छ ।   प्रशासनले जारी गरेको सूचना अनुसार वर्षायामको समयमा निकुञ्जको बाटोहरू पनि बिग्रिने बाढी आउने हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यवसायीक जीप सफारी बन्द गर्ने गरेको छ । निकुञ्जले कहिलेदेखि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.