आज मितिः २०८३ बैशाख ११ गते

ब्रेकिङ न्यूज

बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध

बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध

काभ्रे- बिपी राजमार्गका पहिरोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ। गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो। यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो। सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए। उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ। उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो। रातभर…
Read More
आज देशका पाँच प्रदेशमा भारी वर्षाको संभावना 

आज देशका पाँच प्रदेशमा भारी वर्षाको संभावना 

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहदा देशभर साधारण बदली हुनेछ । मनसुनको न्यून चापीय रेखापूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदरस्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।   कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ र देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ।…
Read More
सुनसरीमा गोली प्रहारबाट एक जनाको मृत्यु 

सुनसरीमा गोली प्रहारबाट एक जनाको मृत्यु 

सुनसरी-   सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।   घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ। गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको उनले बताए। गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ।   भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ
Read More
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाइँदै

काठमाडौं-   नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइँदै छ।   नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण गर्दै विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाउन लागिएको हो।   विसं १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न उत्प्रेरित गरेको इतिहास प्रसिद्ध छ। उनका ‘रामायण’ बाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता काव्यकृतिहरू नेपाली साहित्यका धरोहर मानिन्छन्।   भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाललाई एकताको सूत्रमा बाँध्ने भानुभक्तको योगदान अमूल्य…
Read More
धान लगाइएको खेत बाढी पसेर बगर बन्यो

धान लगाइएको खेत बाढी पसेर बगर बन्यो

बागलुङ-   बागलुङको जैमिनी नगरपालिका–४ का डम्मरबहादुर सार्कीको जैमिनी नगरपालिका–१० सहेला फाँटमा रहेको नौ रोपनी धान लगाइएको खेत बाढी पसेर बगर बन्यो।   भर्खरै रोपेको धानसहितको खेत बाढीका कारण सखाप भएपछि सार्कीको निद्रा छैन। खेतमा कालुङखोला पसेपछि खेत बगरमा पणित भएको उनको भनाइ छ। २४ असारको राति कालुङखोलाको जलविद्युत् बगाउने गरी आएको बाढीले भर्खर धान रोपेको खेत कटान गर्नुका साथै बगर बनेको सार्कीको भनाइ छ।   सार्कीको मात्र होइन, कालुङखोला र ठेउलेखोलाको क्षेत्र नगरपालिका(१०, ९ र ४ मा रहेको भर्खर धान लगाइएको खेत बगर बनेको हो। जैमिनी नगरपालिकाका अनुसार सबैभन्दा बढी क्षति जैमिनी नगरपालिका–९, पैयुथन्थापमा भएको छ।   पैयुथन्थापमा मात्र…
Read More
पूर्वी चितवन स्पोर्टस क्लबको अध्यक्षमा सुरज न्यौपाने सर्वसम्मत चयन

पूर्वी चितवन स्पोर्टस क्लबको अध्यक्षमा सुरज न्यौपाने सर्वसम्मत चयन

चितवन - रत्तनगर–३ मा रहेको पूर्वी चितवन कर्वडहलको सञ्चालक संस्था पूर्वी चितवन स्पोर्टस क्लबको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेसनबाट सुरज न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । शनिवार भएको तेस्रो अधिवेशनबाट न्यौपाने २ वर्षको लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । सो अधिवेशबाट वरिष्ठ उपाध्यमा कपिल श्रेष्ठ, उपाध्यक्षमा लोसान तमाङ्, सचिवमा महेश पाण्डे, कोषाध्यक्षमा श्यामकृष्ण शर्मा, सह–सचिवमा बद्र्री आचार्य, सह–कोषाध्यक्षमा आकाश श्रेष्ठ, सदस्यहरुमा क्रमशः ईश्वर श्रेष्ठ, लेख बहादुर पुन, बिष्णु श्रेष्ठ, सुस्मा भुजेल सर्वसम्मत चयन भएका छन् । १३ सदस्यि रहेको कार्यसमितिमा बाँकी २ जना भने कार्य समितिले मनोनयन गर्ने क्लबका अध्यक्ष न्यौपनेले जानकारी दिए । सो…
Read More
आज कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना 

आज कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना 

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।   बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ।   आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।…
Read More
पौडी खेल्ने क्रममा खोलामा बेपत्ता बालकको  शब फेला

पौडी खेल्ने क्रममा खोलामा बेपत्ता बालकको शब फेला

भरतपुर खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका चितवनका एक  बालक   शव फेला परेको छ । रत्ननगर नगरपालिका–७ पडेरियास्थित बुढीराप्ती खोलामा बिहीबार पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता रत्ननगर–९ निवासी १५ वर्षीय अनमोल लम्सालको शव आज बिहान २ सय मिटर तल फेला परेको हो । शवको मुचुल्का उठाएर परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । रत्ननगर–७, पडेरियाको मामाघर आएका लम्साल साथिसंग खोलामा पौडी खेल्न गएका थिए । खोलाले बगाएर लगेको चप्पल ल्याउन जाने क्रममा उनलाई खोलाले २ सय मिटर तल बगाएको थियो । दिउँसो २ः०० बजे बेपत्ता भएका लम्साल…
Read More
तपाईको आज मिति २०८२ साल असार २७ शुक्रबारको राशिफल

तपाईको आज मिति २०८२ साल असार २७ शुक्रबारको राशिफल

  चितवन-   मेष दिन लाभदायक रहेको छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसंग भेटघाट हुनेछ । धर्मकर्म तथा परोपकार कार्यमा मन जानेछ । दिगो कामको लागि जग बसाउन सकिनेछ ।   वृष अरुको फाइदाको लागि उपयोग भईएला । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । दिनको उत्तरार्ध कार्य क्षेत्रमा प्रगति हुनेछ । टाढिएका साथीभाइसँग भेटघाट हुने समय रहेको छ । मिथुन शुभ कार्य एवं सामाजिक क्षेत्रमा धन खर्च हुनेछ । मध्यान्नबाट गरिरहेका कार्यहरुमा अकस्मात् बाधा आइपर्ने संभावना देखिन्छ । हल्लाको भर पर्दा दुःख पाईनेछ । आफूलाई स्वास्थ्यमा कमजोर भएको अनुभूती हुनेछ । आज अलिक सोचबिचार गरी…
Read More
आज पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौं- आज शुक्रबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ।   आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदलीको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.