आज मितिः २०८३ बैशाख १० गते

ब्रेकिङ न्यूज

बुटवल–नारायणगढ सडक अवरुद्ध

बुटवल–नारायणगढ सडक अवरुद्ध

बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसे पछि दुईतर्फी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाका कारण सोमवार बिहानदेखि एकतर्फी भएको राजमार्ग दिउँसो १ः०० बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो । एकतर्फी अवरुद्ध भएको सडक खोल्ने प्रयास भइरहेको अवस्थामा माथिबाट पहिरो झरेपछि थप समस्या भएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ । सडक अवरुद्ध भए पछि अहिले सयौँ यात्रु र…
Read More
मनसुन सक्रियसंगै बर्षात हुँदा किसानलाई राहत

मनसुन सक्रियसंगै बर्षात हुँदा किसानलाई राहत

काठमाडौं - लामो खडेरीका कारण प्रभावित तराईका किसानले बर्षा पश्चात भने राहत महसुस गरेका छन्। विशेषगरी पूर्वी तयाईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ। वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ। महाशाखाकी मौसमविद् विनु महर्जनले भनिन्, ुयसपालि पूर्वी तराईमा रोपाइँ गर्न मिल्नेगरी नै वर्षा भएको छ, तर पूर्वीतराईबाट विस्तारै पश्चिम सर्दै जाँदा भने मनसुन अलि कमजोर हुँदा वर्षा पनि कम हुँदै गएको छ।ु  
Read More
माइक्रो दुर्घटना हुँदा एकको मृत्यु, १४ यात्रु घाइते

माइक्रो दुर्घटना हुँदा एकको मृत्यु, १४ यात्रु घाइते

खोटाङ- हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। प्रदेश २-०-१-००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै आज बिहान करिब ९ बजे दुर्घटना भएको हो। दुर्घटनाका घाइतेमध्ये छ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रवक्ता गिरीले बताएका छन्। घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचारत आठ जनाको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन्। दुर्घटनाग्रस्त माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनास्थलमा बुट्यान र झाडी भएकाले ठूलो सङ्ख्यामा मानवीय…
Read More
चितवन सेवा समाज नेपाल द्धारा  खुल्ला तीज गीत प्रतियोगिता

चितवन सेवा समाज नेपाल द्धारा खुल्ला तीज गीत प्रतियोगिता

चितवन चितवन सेवा समाजको आयोजनामा जिल्ला सहकारी संघ, चितवनमा मिति २०८२ साल श्रावण २५ गते, आइतबार खुला तीज गीत प्रतियोगिता सम्पन्न हुने भएको छ। उक्त कार्यक्रम महिला उपाध्यक्ष प्रभा शर्मा पौडेलको संयोजनमा आयोजना गरिनेछ। यस प्रतियोगितामा विभिन्न क्षेत्रबाट आमासमूहहरू तथा संघ–संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्। तीज प्रतियोगितामा प्रवास र प्रवासीको भावनामा  सम्बन्धित हुनु पर्ने रहेको जानकारी कार्यक्रम संयोजक पौडेलले दिनुभयो । तीज पर्व नेपाली महिलाहरूको सांस्कृतिक पहिचान, आत्मीयता र सामूहिक एकताको प्रतीक हो। यस प्रतियोगिताले लोकसंस्कृति संरक्षण तथा महिलाको सशक्त सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। संयोजक पौडेलले जानकारी दिनुभए अनुसार, प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने सहभागीहरूलाई नगद…
Read More
ऐना पहरामा यात्रुबाहक बस दुर्घटना

ऐना पहरामा यात्रुबाहक बस दुर्घटना

काठमाडौं - मुग्लिन/पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ । बस मर्‍याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।  
Read More
उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउनुपर्नेमा जोड

उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउनुपर्नेमा जोड

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यका सङ्घीय राजधानी एवं सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले यहाँको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।   आज ललितपुरमा आयोजित काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनसम्बन्धी सरोकार भएकाहरूको बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समेटिएको काठमाडौँ उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र रहे पनि यहाँको यातायात प्रणाली अव्यवस्थित रहेको बताए। उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित बनाउन निर्णायक कदम चाल्नुपर्ने उनको भनाइ छ।   सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो गुरुयोजनायता यातायातको अवस्था बिग्रिनुका साथै बढ्दो…
Read More
रुपन्देही उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

रुपन्देही उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं - निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ।   आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो।   आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ। आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ।   असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। कात्तिक १७ गते बिहान ७ देखि अपराह्न…
Read More
आज केही प्रदेशमा भारी वर्षा हुने सम्भावना

आज केही प्रदेशमा भारी वर्षा हुने सम्भावना

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ।   महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक बदली हुनेछ भने सुदूरपश्चिमलगायत पहाडी भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।   त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ। मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगका भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।   सम्भावित…
Read More
आज साउन १५, खीर खाएर मनाइँदै

आज साउन १५, खीर खाएर मनाइँदै

काठमाडौं- आज साउन १५ गते नेपालमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ।   संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्।   “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। यो स्वास्थ्यका…
Read More
भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

  भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ। भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन भनेको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, ‘जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, नदीको किनारमा रहेका बस्तीका स्थानीयवासीलाई सर्तक रहन आग्रह गरिएको छ। प्रहरीलाई पनि यसबारे खबर गरिएको छ।’ डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सहत केही बढेकाले सर्तक रहन आग्रह गरेको बताए।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.