आज मितिः २०८३ बैशाख १० गते

ब्रेकिङ न्यूज

उदय मानन्धरको “ह्याप्पी एनिभर्सरी” सार्वजनिक

उदय मानन्धरको “ह्याप्पी एनिभर्सरी” सार्वजनिक

२२ श्रावण, रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा विगत ३ दशक देखि संगीत प्रशिक्षकको रुपमा स्थापित गायक तथा सर्जक उदय मानन्धरको नया सांगीतिक कोसेली "ह्याप्पी एनिभर्सरी" गीत आज सार्वजनिक भएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युब च्यानल बाट सार्वजनिक भएको उक्त गीतमा संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । मानन्धरलाई कोरस आवाजमा लक्ष्मी महर्जन र नारायणी महर्जनले साथ दिएका छन् । चितवनकै चर्चित साहित्यकार कमल अर्यालले गीतको शव्द तयार पारेका हुन् भने गीतको थेगो लेखन लक्ष्मी मानन्धरको रहेको छ । हरिशरण सायमीको संगीत संयोजन रहेको गीतलाई काठमाण्डौ स्थित स्ट्रिङ्ग्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सार्वजनिक गीतको भिडियोमा विष्णु…
Read More
मनमा एउटै सोच छ – बच्चाहरूको भविष्य उज्यालो बनाउछु – उर्मिला रोका

मनमा एउटै सोच छ – बच्चाहरूको भविष्य उज्यालो बनाउछु – उर्मिला रोका

करीब १५ बर्ष देखि अनबरत विदेश यात्रामा रहँदा आफ्नो जीवनको उतार चढाव तथा दुःख सुखको अनुभूतिमा यसरी प्रस्तुत हुनुहुन्छ झीमरुक गाउँपालिका ७ प्यूठानमा जन्मिएर माण्डवी गाउँपालिका २ मा कर्मभूमी बनाउनु भएकी उर्मिला रोका योगी । माध्यामिक शिक्षा पनि पूरा गर्न नपाउँदै विवाह बन्धनमा बाधिनु भएकी उर्मिला १७ बर्षमा बैदेशिक रोजगारीको शिलशिलामा कुबेदमा घरको काममा लाग्नु भयो । करीब डेढ बर्ष कुबेतको बसाईमा केही आम्दानी पश्चात नेपाल फर्कनु भयो ।   १६ बर्षको उमेरमा बाबु आमाले विवाह बन्धनमा बाधि दिनु भयो तत्पश्चात मेरा केहि ईच्छा आकांक्षाहरु मर्दै गयो उहाँले बताउनु भयो । १६ बर्षकी उर्मिलालाई ३५ बर्षीय श्रीमानसंग त्यस माथि पनि…
Read More
मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध

मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध

लमजुङ- मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका(१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ। पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेका छन्। इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले पहिरो तत्कालै हटाउन नसकिने अवस्थाको रहेको जानकारी दिए।  
Read More
लोडसेडिङ तालिका सार्वजनिक गरेपछि चितवन चनौली वितरण केन्द्रका प्रमुखको सरुवा

लोडसेडिङ तालिका सार्वजनिक गरेपछि चितवन चनौली वितरण केन्द्रका प्रमुखको सरुवा

चितवन- केही दिनअघि ‘लोडसेडिङ’ तालिका सार्वजनिक गरेपछि रुष्ट नेपाल विद्युत् प्राधिकरणले चितवनस्थित चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा गरेको छ। श्रेष्ठले गत साउन १० गते लोडसेडिङकै झल्को दिने गरी विद्युत् आपूर्ति कट्टौती गर्ने सूचना जारी गरेका थिए। त्यसपछि देशमा फेरि लोडसेडिङ सुरु भएको भनी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको आलोचना भएको थियो।   यसपछि अहिले चनौली वितरण प्रमुख श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरेको हो। कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड ग बमोजिम उनलाई वितरण तथा ग्राहक सेवा निर्देशानालयअन्तर्गत कावासोती वितरण केन्द्रमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ। श्रेष्ठले लोडसेडिङ…
Read More
चितवनमा करेन्ट लागेर भाले गैंडा मर्‍यो

चितवनमा करेन्ट लागेर भाले गैंडा मर्‍यो

चितवन-   माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९:३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो। गैँडाको खाग, खुर सुरक्षित रहेको उनले जनाउँदै कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताए।  
Read More
दुबईमा महालक्ष्मी बचत तथा सहकारीको १० अगस्टमा तीज धमाका हुने

दुबईमा महालक्ष्मी बचत तथा सहकारीको १० अगस्टमा तीज धमाका हुने

दुबई- नेपाली महिलाहरुको महान पर्ब तीजको अवसरमा दुवईको  बरदुबईमा तीज धमाका २०२५ हुने भएको छ । यहि आउँदो अगष्ट १० तारिख बर दुबईको ग्रयाण्ड एम्बास्डर होटलमा धमाका हुने भएको हो । कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरुको साथै स्थानीय कलाकारहरुको बेजोड प्रतुती रहने छ । कार्यक्रममा लोक दोहारी क्षेत्रकी चर्चित गायिका टिका सानुको प्रस्तुति रहने कार्यक्रमका संयोजक ईन्द्रमणि बेलबासेले जानकारी दिनु भयो । अर्का गायक तथा हाँस्यव्यंग्य कलाकार पुरुषेत्तम भण्डारी वा पुर्खे बाको धमाका हुने पनि संयोजक बेलबासेले बताउनु भयो । स्थानीय गायक बाबुराम परियारले आफ्नो एल्वम अन्तिम पल्ट भेट्न मन लाछ, छिन छिन चुराको, राम्रोसग मनाउ दशैलाइबाट गीतहरु प्रस्तुत गर्ने कार्यक्रमका…
Read More
महानगरको दुई ठाउँबाट दमकल सेवा सञ्चालन, गत आर्थिक बर्षमा १३३ वटा घटना नियन्त्रणमा

महानगरको दुई ठाउँबाट दमकल सेवा सञ्चालन, गत आर्थिक बर्षमा १३३ वटा घटना नियन्त्रणमा

आशिष अधिकारी/ चितवन   चितवनको भरतपुर महानगरपालिका बिपद् तथा बिपद्जन्य घटनाहरुमा अब्बल सावित हुदै गएको छ । महानगरपालिकाले अहिले महानगरको दुई ठाउँबाट दमकल सेवा सञ्चालन गरेसगै महानगरले बिपद् तथा बिपद्जन्य घटनाहरुमा थप सफलता हात पारेको हो । यस पालिकाले भरतपुरको मात्र नभइ चितवन जिल्ला भरिकै आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । चितवन सगै छिमेकी जिल्ला नवलपुरमा यस महानगरको दमकलले बिभिन्न समयमा भए गरेका आगलागी तथा बिपद् एवं बिपद्जन्य घटनाहरुमा सहयोग गर्दै आइरहेको महानगरका बरुणयन्त्र अधिकृत देवेन्द्र राज रेग्मीले बताए । रेग्मीका अनुसार गत आर्थिक बर्ष २०८१र०८२ मा भरतपुर र नवलपुरमा गरेर १ सय ३३ वटा आगलागीका घटना भएका…
Read More
बागमतीमा बानियाँको मन्त्रिपरिषद्‌मा एमालेको ६ मन्त्रालय

बागमतीमा बानियाँको मन्त्रिपरिषद्‌मा एमालेको ६ मन्त्रालय

बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्ति भएलगत्तै मन्त्रिपरिषद्‌मा को(को जाने भन्ने चर्चा सुरु भएको छ । सत्ता गठबन्धन एमाले र कांग्रेसले मन्त्रालयको संख्या भने भाग लगाइसकेका छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाएका छन् । एमालेले आफ्ना ६ वटा मन्त्रालयमा पठाउने नाम अनौपचारिक रुपमा टुंगो लगाएको छ । एमालेले एक वर्ष पूरा भएका मन्त्रीहरुलाई बिदा गरेर नयाँ अनुसारलाई पठाउन लागेको छ ।   ६ जनामध्ये ५ जना नयाँ अनुहार भएको एमाले स्रोतले उल्लेख गरेको छ । एमालेले एक जना किरण थापालाई भने निरन्रता दिन लागेको छ । एमाले स्रोतले उल्लेख गरेअनुसार जयराम थापा, विन्दु श्रेष्ठ, भरत…
Read More
सुनको मूल्य तोलामा १९०० रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा १९०० रुपैयाँ बढ्यो

  नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।   यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो ।        
Read More
सरकारले वहुविवाहलाई प्रोत्साहन गर्ने तयारी गरेको भन्दै सेवा नेपालको विरोध

सरकारले वहुविवाहलाई प्रोत्साहन गर्ने तयारी गरेको भन्दै सेवा नेपालको विरोध

चितवन- सरकारले वहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानुनको मस्यौदा तयार गरेको भन्दै त्यसकोे विरोध भएको छ । सामाजिक उद्यमी महिला संजाल नेपाल (सेवा नेपाल)ले रत्ननगरमा एक कार्यक्रमविच विरोध गरेको हो ।   कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक चर्चा र सञ्चारमाध्यममा आएका समाचारप्रति सेवा नेपालले आपत्ति जनाएको हो ।   सोमबार प्रेस विज्ञप्ती जारी गरी सेवा नेपालले वहुविवहा सम्बन्धी कानुनले महिला थप हिंसामा पर्ने र त्यसले समाजमा विखण्डन ल्याउने जनाएको छ । मुलुकी अपराध संहिताले २०७५ भदौ १ गते देखि पूर्ण रुपमा उन्मुलन गरेको वहुविवाह सम्बन्धी कानुनी प्रावधानलाई कानुन न्याय तथा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.