आज मितिः २०८३ आश्विन २ गते

ब्रेकिङ न्यूज

बाक्लो हुस्सुले दुई मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

बाक्लो हुस्सुले दुई मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

काठमाण्डौं- बर्दिबास–जलेश्वर सडक खन्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको र पछाडि सवार दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। सोमबार राति ९ बजे बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २–०२–००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा पल्सर मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र डिस्कभर मोटरसाइकल चालक भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो।
Read More
राप्रपाको चियापान- प्रधानमन्त्रीसहित आठहजार जनालाई निमन्त्रणा

राप्रपाको चियापान- प्रधानमन्त्रीसहित आठहजार जनालाई निमन्त्रणा

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोह गर्ने भएको छ । भृकुटीमण्डपमा हुने चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक त विभिन्न पेसाकर्मी, बुद्धिजीवी सहित ८,००० जनालाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्टीले सोही दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तक्रिया, दिपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन पार्टी मातहतका सबैलाई सर्कुलर गरेको छ । पृथ्वीजयन्तीलाई…
Read More
मोटरसाइकल दुर्घटनामा चितवन रत्ननगरका एक पुरुषको मृत्यु

मोटरसाइकल दुर्घटनामा चितवन रत्ननगरका एक पुरुषको मृत्यु

चितवन- गुडिरहेको बसमा मोटरसाइकल ठोक्किँदा चितवन रत्ननगर नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–१ बस्ने ४७ वर्षीय अर्जुन तामाङ रहेका छन् । आइतबार राति ८ः४५ बजे राप्ती नगरपालिका–१ महादेवटारमा हेटौंडाबाट भण्डारातर्फ आउँदै गरेको ना ३९ प ५०४८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट जाँदै गरेको बा प्र ०३–००१ ख २५३६ नम्बरको यात्रुबहाक बसको पछाडि पट्टिको साइडमा ठोक्किएको थियो ।
Read More
सर्लाहीको घटनामा प्रशासन र प्रदर्शनकारीबीच सहमति

सर्लाहीको घटनामा प्रशासन र प्रदर्शनकारीबीच सहमति

सर्लाही- सर्लाहीको बरहथवामा शुक्रबार भएको घटनामा आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने सहमति भएको छ। पीडित परिवार र प्रदर्शनकारीहरुले गत शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव उठाउन सहमति जनाएका छन्। मृतक साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ। जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय(सर्वपक्षीय छलफलपछि अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शैयाको बनाउने, सो अस्पताललाई प्रहरीको गोली लागेर मृत्यु भएका जय श‌कर साहको नाममा नामाकरण गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको छ। आइतबार साँझ प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी…
Read More
यू-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई २० जोर सुट दिने

यू-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई २० जोर सुट दिने

काठमाडौं- बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी र अफिसियलहरुलाई २० जोर सुट दिने भएको छ। मेरीना इम्पेक्स र नेपाल क्रिकेट संघबीच उक्त सम्झौता भएको हो। सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका लागि जाने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमलाई मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुन बस्नेत र राम प्रसाद अर्यालले सम्मान सहित बिदाइ गरेका छन्। क्यानले आयोजना गरेको विदाई कार्यक्रममा क्यानका सचिव पारस खड्काले खेलाडीहरुको हौसला बढाउन सहयोग गरेकोमा मेरीना इम्पेक्सलाई धन्यवाद दिएका थिए। नेपाली क्रिकेट खेलाडीहरुको हौसला बढाउन सामाजिक उत्तरदायितव अन्तर्गत उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ। यसअघि पनि टी-२० वर्ल्ड कपमा…
Read More
पाँच लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

पाँच लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

सप्तरी- सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई शनिबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधन जाँच गर्ने क्रममा बिआर५०बी १५४२ नंको मोटरसाइकल रोकी जाँच गर्दा यादवलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्दी ब्रजाचार्यले बताए। मोटरसाइकलको डिक्कीमा लुकाई भारु नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा यादव पक्राउ परेका हुन्।  
Read More
श्रृलंकाकी महिलाले पनि नेपालमा सुन ओसारीन, विमानस्थलमा पक्राउ

श्रृलंकाकी महिलाले पनि नेपालमा सुन ओसारीन, विमानस्थलमा पक्राउ

काठमाडौं- नेपालीहरुले सुन तस्कर त गरेकै थिए अहिले श्रृलंकाकी एक महिलाले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याएकि छिन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुन लगेकि थिईन् ।   दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ । विमानस्थल प्रहरी प्रवक्ता एसपी पदम विष्टका अनुसार ती महिलाले सुन ब्रा र अन्डरवयरभित्र धुलो बनाएर ल्याएको बताए । “सुन एक किलोभन्दा बढी हुनसक्छ । धुलो बनाएर पेन्टी र ब्रामा सुन लुकाएर ल्याएकी छन्,” एसपी विष्टले भने ।    
Read More
बरहथवा सडकमा टायर बालेर बजार र यातायात बन्द

बरहथवा सडकमा टायर बालेर बजार र यातायात बन्द

सर्लाही - प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्तले बजार र यातायात बन्द गराएका छन्। उनीहरुले सडकमा टायर बालेर बजार र यातायात बन्द गराएका हुन्। प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने-नगर्ने विषयमा विवाद चर्केपछि ५ दलले आह्वान गरेको आन्दोलन उग्र बनेपछि शुक्रबार प्रहरीले गोली चलाएको थियो। गोली लागेर सर्लाही होटलका सञ्चालक साहको मृत्यु भएको हो। साहको शव अझै घटनास्थलमै छ। पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन्। शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा मृतक परिवारलाई बोलाएर प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले…
Read More
गैंडाको आक्रमणबाट ६० वर्षीय पूर्ण बहादुरको मृत्यु

गैंडाको आक्रमणबाट ६० वर्षीय पूर्ण बहादुरको मृत्यु

चितवन- भरतपुर महानगरपालिका–२३ मा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैंडाले आक्रमण गर्दा घैलाघारीका ६० वर्षीय पूर्ण बहादुर बोटेको मृत्यु भएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए । घैलाघारी सामुदायिक वनभित्र बोटेको लास भेटिएको हो ।  
Read More
सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले कर्फ्यु आदेश जारी गरेका हुन्। बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोधप्रदर्शनमा परिणत हुँदा बरहथवा–६ का ३० वर्षीय जयशङ्कर साहको मृत्यु भएको छ। बरहथवा नगरपालिका प्रमुख कल्पना कटुवालको निवास तथा नगरपालिकामा ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.