आज मितिः २०८३ आश्विन १२ गते

ब्रेकिङ न्यूज

देशभर फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

देशभर फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

काठमाडौं- देशभर डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ। उनले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे। ‘पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्छ’, उनले भने, ‘त्यसैले सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न…
Read More
चितवन समाज ईजरायलले विद्यार्थीहरुलाई दियो छात्रबृत्ति

चितवन समाज ईजरायलले विद्यार्थीहरुलाई दियो छात्रबृत्ति

चितवन- चितवन समाज ईजरायलले भरतपुरको देवज्योति आधारभुत विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको आयोजनामा शुक्रबार विद्यालयमा उनिहरुलाई ६४ हजार २०० प्रदान गरिएको हो । छात्रबृत्ति हस्तानतरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज सापकोटाले प्रवासमा बसेर पनि आप्mनो देशका दुरदराजमा रहेका बिद्यालय र त्यहाँ अध्ययनरत गरिव विद्यार्थिहरुको भविष्यको लागि आर्थिक सहयोग गर्नु भएको र अझ आप्mनो विद्यालयलाई संझनु भएकोमा चितवन समाज ईजरायललाई विशेष धन्यवाद दिनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद न्यौपानेले यस विद्यालयमा अध्ययनरत विद्यार्थिहरुको उज्वल भविष्यको लागि सहयोग गर्न भएकोमा यसले ठूलो टेवा पुगेको बताउनु भयो ।…
Read More
गोरखाकी फुञ्जो लामाको सगरमाथा आरोहणमा कीर्तिमान

गोरखाकी फुञ्जो लामाको सगरमाथा आरोहणमा कीर्तिमान

काठमाण्डौ –   गोरखाकी फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम राख्नु भएको छ । गोरखाकी फुञ्जोले सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान राख्नु भएको हो । सगरमाथा आधारशिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार अस्ति बुधवार दिउँसो ३ बजेर ५२ मिनेटमा आधार शिविरबाट आरोहण शुरु गरी बिहिबार बिहान ६ बजेर २३ मिनेटमा आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । उहाँले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ । उनले सन् २०१८ मा ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर…
Read More
राप्तीका मेयरको दुई बर्ष : अबरोध छिचोल्दै उल्लेख्य उपलब्धि

राप्तीका मेयरको दुई बर्ष : अबरोध छिचोल्दै उल्लेख्य उपलब्धि

चितवन। चितवनको राप्ती नगरपालिकामा मेयर शमशेर लामाले नेतृत्व गरेको दुई बर्ष पुरा भएको छ । दुई ठुला दल नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको अबरोध छिचोल्दै उनले नगरको विकासमा उपलब्धि हासिल गरेका दावी गरेका छन् । उनले नेतृत्व सुरु गरेपछि नगरको मुहार फेरिन सुरु भएको छ । उनले विकास निर्माण र नगरबासीको चाहना र गरिवी निबारणलाई प्राथमिकता दिएर काम गरेका छन् । उनले नगरबासीको आधारभूत आवश्यकता पुरा गरी विकासका काम अगाडि बढाएका छन् । नगरको भौगोलिक अवस्था र यसको आधारमा उनी जनताको प्राथमिकता र आवश्यकता पहिचान गरी त्यसको समाधानमा लागि प्रयासरत छन् । मेयर लामाले नगरको शिक्षा र स्वास्थ्यमा चित्त बुझ्दो…
Read More
चितवन सेवा समाजद्धारा पिडितलाई आर्थिक सहयोग

चितवन सेवा समाजद्धारा पिडितलाई आर्थिक सहयोग

चितवन- चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिले पिडितको उद्धारको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार समितिले पूर्बी चितवनको रत्ननगर र खैरहनीमा आर्थिक रकम सहयोग गरेको हो । चितवन सेवा समाजको विभिन्न राष्ट्रमा रहेका शाखाहरुको सहयोग र आजिवन सदस्यहरुले संकलन गरिएको रकम पिडितहरुलाई हस्तान्तरण गरिएको हो । रत्ननगर नगरपालिका वडा नम्बर १६ का कलेजो प्रत्यारोपणको लागि केही सहयोगको लागि समितिले २७ हजार २ सय नगद हस्तान्तरण गरेको हो । समितिका केन्द्रीय अध्यक्ष दिपक गौतमले पिडित विकास रानालाई चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै खैरहनी नगरपालिका खोरस्वरकी दिल कुमारी घिसिङ जसको कुवेतमा मृत्यू भएको थियो उनको छोराको लागि ५० हजार रुपैया…
Read More
घुमौ भरतपुर सफल पारौमा वे ग्रुपको सरसफाइ अभियान

घुमौ भरतपुर सफल पारौमा वे ग्रुपको सरसफाइ अभियान

चितवन- हप्ताको एकदिन एकछिन समाजको लागी कार्यक्रमको नियमित शृङ्खला वे ग्रुपले गर्दै आएको छ । यस अन्तर्गत भरतपुर महानगरपालिका १० स्थित मैयादेवी कन्या कलेज अगाडि रहेको चितवन माविको खेल मैदानको मर्मत एवम सरसफाई कार्यक्रम गरेको छ । गत सोमबार कार्यक्रममा वातावरण प्रेमी, खेल प्रेमी एवम् स्थानीय बासिहरुको सहभागी रहेको थियो । कन्या कलेज अगाडिको खेलकुद मैदान तथा चितवन माविको मैदानमा सरसफाई अभियान चलाएको कावा अध्यक्ष दिपक गौतमले जानकारी दिए । उनले प्रत्येक सोमबार सरसफाई गरिने बताए ।
Read More
आज हावाहुरीसहित वर्षाको सम्भावना

आज हावाहुरीसहित वर्षाको सम्भावना

  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङरहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू—भागका एक–दुई…
Read More
पशुपतिनाथको कोषकै कर्मचारी चोर, आठ जना पक्राउ

पशुपतिनाथको कोषकै कर्मचारी चोर, आठ जना पक्राउ

काठमाडौं- भगवान पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी कोषकै कर्मचारीले चोरेका छन् । भेटी गन्ने क्रममा चोरी गर्ने आठ व्यक्ति पक्राउ परेका छन्।   पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।   मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा सिसि क्यामेरामा हेर्दा कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ’, उनले भने । परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताएका हुन् ।
Read More
श्रममन्त्रीलाई खुल्ला पत्र- खै श्रम स्वीकृति ?

श्रममन्त्रीलाई खुल्ला पत्र- खै श्रम स्वीकृति ?

रवि भट्ट/ चितवन- मन्त्री ज्यू नमस्कार ! संसदमा समय दिई सके पछि आफूले गर्ने कामलाई पनि मध्य नजर राखि दिनुहोला । अहिले तपाईको पार्टीलाई जताततैबाट घेरिरहे पनि केही हुनेवाला नहोला यद्धेपि तपाई त श्रमिकहरुको पिडा, समस्या र दलालीहरुको काम कार्बाही बुझेको मान्छे । कर्मचारीहरुले समेत अहिले उल्टोपाल्टो गर्दिन्छन् त्यो हामीलाई थाहा छ । यति बेला वैदेशिक रोजगार विभागको सर्भरमा आएको समस्याका कारण सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा सोमबार दिनभर समस्या आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिक समस्यामा कस्तो होला ?   फेमिसको ‘सर्भर डाउन’ भएर कार्यालयबाट हुने काम ठप्प हुँदा वैदेशिक रोजगारीमा जानका…
Read More
आज कोशी ,मधेस र लुम्बिनी प्रदेशमा हल्का बर्षाको सम्भावना

आज कोशी ,मधेस र लुम्बिनी प्रदेशमा हल्का बर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मुख्यतया मौसम सफा र रहेको छभने कोशी ,मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुनेछ ।   विभागका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिउँ पर्नसक्नेछ ।   त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने अन्य बाँकी क्षेत्रमा आंशिक बदली भई मुख्यतया मौसम सफा रहने छ । कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्का वर्षाको सम्भावना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.